ताजा अपडेट

सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती

बेनी २९ चैत । चालू आर्थिक वर्ष २०७५/७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा पूँजिगततर्फ छ... पुरा पढ्नुहोस

गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनमा, दिगो बैज्ञानिक वन ब्यवस्थापन गुरुयोजना निर्माण

धिरन खत्री, म्याग्दी, २९ चैत । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनले बैज्ञानिक वन ब्यस्थापन गुरुयोजना निर्माण गरेको छ । बेनी नगरपालिका–९ वडामा रहेको ठुलो सल्लेरी सामुदायिक वनले गुरुयोजना निर्माण गरेको हो । गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको २३ औँ... पुरा पढ्नुहोस

प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

शिख २९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् ।शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा,... पुरा पढ्नुहोस

नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम

प्रताप बानियाँ म्याग्दी, चैत २८ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम... पुरा पढ्नुहोस

पर्यटन महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा उर्लिए दर्शक (फोटो फिचर)

  https://www.youtube.com/watch?v=iCVOcMqn4sw म्याग्दी, २८ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सवमा गायिका ज्योति मगरको प्रस्तुतीमा दर्शक उर्लिएका छन् । महोत्सवको पाँचौ दिन बुधवार साँझ चर्चित गायिका तथा मोडल ज्योति मगरको साँगेतिक प्रस्तुती थियो । उनले लगाउने पोशाकको समय समयमा आलोचना हुने भएपनि उनको कार्यक्रममा भने हरेक कार्यक्रममा दर्शकको... पुरा पढ्नुहोस

मन्दिर पुनःनिर्माणका लागि एक लाख तीस हजार सहयोग

बेनी २८ चैत । जलजला गाउँपालिका २ पूर्णगाउँमा रहेको गर्ग गोत्रीय घर्ती क्षेत्री (जिसी) लामीछाने बन्धुहरुको कुल मन्दिर जिर्णोद्धारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बागलुङको सिगाना, कोरीखोला, काठेखोला र चनौटेका जिसीहरुले एक लाख तीस हजार ६० रुपैयाँ पुननिर्माण समितिका अध्यक्ष प्रकाश जिसी र बन्धु समाजका महासचिव थलबहादुर जिसीलाई... पुरा पढ्नुहोस

संस्कृतका ज्ञाता चन्द्रकान्त सांगीतिक गगनमा चम्कदै

म्याग्दी २८ चैत । एउटा व्यक्ति कति क्षेत्रमा पोख्त हुनसक्छ ? यस प्रश्नको ठ्याक्कै उत्तर नभेटिन सक्छ । सायद उत्तर नभेटिने भएकोले नै हुनसक्छ धेरै प्रतिभाभएको व्यक्तिलाई बहुमुखी प्रतिभाको धनी व्यक्ति भनेर भनिन्छ । बागलुङको कुडुले (फेदी) स्थायी घर भै काठमाण्डौंलाई कर्मथलो बनाएका बहुमुखी प्रतिभाका धनी पण्डित चन्द्रकान्त पौडेल पनि... पुरा पढ्नुहोस

अन्नपूर्णका महिला अगुवाहरुलाई उद्घोषणकला तालिम

  सुरेन गुरुङ पोखरेबगर २८ चैत । अन्नपूर्ण गाउँपालिकाको ठूलो बगरमा बुधबार तीन दिने उद्घोषणकला तालिम सम्पन्न भएको छ ।अन्नपूर्ण गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा चैत २५ गतेदेखि तालिम सुरु भएको थियो । तालिममा गाउँपालिकाका ८ वटै वडाका ३७ जना अगुवा महिलाहरुको सहभागिता थियो । महिलाहरुको बोल्ने कलाको माध्यमबाट... पुरा पढ्नुहोस

बेनी शिवालयको अधिवेशन

बेनी २८ चैत । बेनी नगरपालिका ७ मा रहेको बेनी शिवालय मन्दिर संरक्षण समितिको बुधबार बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट पुनः बिक्रम श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा दलप्रसाद श्रेष्ठ, सचिवमा सुन्दर केसी, कोषाध्यक्षमा पूर्णबहादुर जिसी र सहसचिवमा पूर्णबहादुर खड्का रहनुभएको छ । सदस्यहरुमा गोपाल भट्टचन, सिता... पुरा पढ्नुहोस

मिर्गौला पीडित छन्त्याललाई साढे ८ लाख बढी सहयोग

म्याग्दी, २५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित माया कुमारी छन्त्याललाई साढे ८ लाख बढी आर्थिक सहयोग जुटेको छ । अष्ट्रेलिया , युके लगायतका ठाउँमा रहेका नेपालीहरुबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो । २६ बर्षिय छन्त्यालको उपचारको लागि अष्टे«लियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख... पुरा पढ्नुहोस