ताजा अपडेट

जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न झिँका कृषकलाई औजार वितरण

म्याग्दी,  जेठ १४ गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने... पुरा पढ्नुहोस

अदालतमा मुद्दा परेपछि दरबाङमा सडक विस्तार राेकियो

म्याग्दी, जेठ १४ गते । अदालतमा मुद्दा परेपछि म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ बजारमा सडक विस्तार योजना रोकिएको छ । लामो समयसम्म मुद्दाको किनारा नलाग्दा जीर्ण सडकमा जोखिम मोल्दै सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ । दरबाङ बजारका स्थानीय प्रेम पटेल र रत्नकुमारी पटेलले सडक निर्माण रोकी पाउ भन्दै उच्च अदालत... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरीजवाफ प्रतियोगिता

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा बरबाकेली समूह प्रथम, रिखार समूह द्धितिय,मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् ।  ... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान

म्याग्दी  १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला... पुरा पढ्नुहोस

सेवानिवृत्त शिक्षक गौतम :  ‘हाते कागज उद्योग सञ्चालन गरेर स्वरोजगार’

म्याग्दी , १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ४१ बर्ष लामो शिक्षण पेशाबाट अबकास लिएपछि गौतमले मालिका गाउँपालिका– ५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो । एक दशक अघि सामुहिक रुपमा सुरु भएको... पुरा पढ्नुहोस

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणधिन कुनौटा– दर सोलबाङ मोटरबाटो खन्ने क्रममा भिरमाथिबाट खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ बर्षका खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जा... पुरा पढ्नुहोस

म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरि १८ औँ गणतन्त्र दिवस मनाईने

म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा ‘मेरो विद्यालय कार्यक्रम’, ६ सय जनाको आँखा जाँच

म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६ जनामा आँखामा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाले घरेलु मदिराको परीक्षण गर्ने

म्याग्दी, जेठ १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले कोदोबाट बन्ने घरेलु मदिराको परीक्षण गर्ने प्रक्रिया अगाडी बढाएको छ । परम्परागत प्रविधि प्रयोग गरेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने भएको हो । मदिराको गुणस्तर कायम गर्न गाउँगाउँमा उत्पादन भएको मदिरालाई सङ्कलन गरी आधुनिक मेसिन मार्फत परीक्षण गरेर मदिराको... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने

म्याग्दी १२ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो... पुरा पढ्नुहोस