म्याग्दी सडक दौड प्रतियोगिताको तयारी अन्तीम चरणमा
- ४ असार २०८३, बिहीबार
- 5 पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा असार ६ गते विहान हुन लागेको ‘म्याग्दी सडक दौड’ प्रतियोगिताको तयारी अन्तिम चरणममा पुगेको छ । जिल्ला एथलेटिक्स संघ म्याग्दीको आयोजना तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको प्रवद्र्धनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । 
प्रतियोगितामा साविक धौलागिरी अञ्चलमा रहेका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ जिल्लाका २० बर्ष मुनीका युवा युवतिले भाग लिन पाउनेछन् । सिंगा तातोपानी प्रहरी चौकीबाट सिंगा, चुत्रेनी, डम्मरा, मंगलाघाट, विरेन्द्रचोक, बालमन्दीरचोक, संगमचोक, गणेशटोल, क्याम्पसचोक, अस्पतालचोक, शिक्षामार्ग, न्युरोड हुँदै विरेन्द्रचोक पुगेर दौड समापन हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरलाई क्रमश नगद रु १५ हजार, ७ हजार र ५ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जिल्ला एथलेटिक्स संघ म्याग्दीका अध्यक्ष विनोद घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।