ताजा अपडेट

नेकपाका पुर्व सांसद बिनोद केसीलाई बाचा पुरा गरेकोमा दोवाबासीको सम्मान 

  बेनी, ९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाहरुले भने शनिबार आफुले गरेको बाचा र प्रतिवद्धता पुरा गरेको भन्दै पुर्व सांसद बिनोद केसीलाई सम्मान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस

भगवाती र बेगमा नेकपाका नेताको आग्रहः ‘हामीले गरेका कामको आधारमा मत दिनुस’

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगमा चुनाबी भेला गरेका छन् । बेग र भगवतीका विभिन्न टोल र बस्ती स्तरमा पुगेर मतदाता भेटघाट र चुनाबी भेला गरेका नेकपाका टोलीले विकास निर्माणमा नेकपाले गरेको भूमिका र योगदानको... पुरा पढ्नुहोस

महावीर पुनको चुनाबी गीत सार्वजनिक

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनको चुनावी गीत सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवार बन्नुभएका पुनको चुनाबी प्रचार प्रसारका लागि प्रवासमा रहेका शुभेच्छुकहरुको सहयोगमा लोक र सालैजो भाकामा चुनावी गीत तयार गरिएको हो । देव चोचाङ्गी पुन मगरकेो शब्द,... पुरा पढ्नुहोस

मुस्ताङ पुगेर प्रधानमन्त्री कार्किद्वार निर्वाचन तयारीबारे छलफल

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार मुस्ताङ जिल्लाको भ्रमण गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा तथा जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाको नेतृत्वमा स्वागत गरिएको थियो। स्वागतका क्रममा जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्व दुवै महिला रहेको देखेपछि... पुरा पढ्नुहोस

म्याग्दीकी ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीकी चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो । इन्स्टाग्रामले उनलाई फलो समेत गरेको छ । इन्स्टाग्रामले गतमहिना रिल्स बनाएर पठाउन सुरक्षालाई आग्रह गरेको थियो... पुरा पढ्नुहोस

पुलाचौरमा पक्की सडक निर्माण सुरु

म्याग्दी । बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । “बेनी नगरपालिकाको... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान-पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ(मराङ(बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट(म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा... पुरा पढ्नुहोस

महाशिवरात्रिमा गलेश्वर मन्दिरमा रु ४ लाख ७० हजार भेटी संकलन

म्याग्दी  ५ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा रु ४ लाख ७० हजार ९१६ भेटी रकम संकलन भएको छ । आइतवार महाशिवरात्रि पर्वको अवसरमा देशका विभिन्न ठाउँबाट आएका करिब ३० हजार बढी भक्तजनले चढाएको भेटी र दानपेटिकाहरुबाट उक्त रकम संकलन भएको... पुरा पढ्नुहोस

नेकपाका उमेद्वार थापाको राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना

बेनी, ४ फागुन ः नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभएको छ । बेनी नगरपालिका–१० गहतेटोल, वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ र वडा नं.–६ पाखापानी, औला र फुलडाडामा मतदाताका क्रममा उमेद्वार थापाले म्याग्दीको रणनितिक महत्वको बेनी–पाखापानी... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड

म्याग्दी, ३ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पवित्र कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाम मुक्तिनाथ प्रवेशद्धार र नेपालको... पुरा पढ्नुहोस