ताजा अपडेट

रघुगंगाकाे माैवाफाँटमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

उर्मिला रेग्मी म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र स्थानीय आमा समूहले संयुक्त रुपमा अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । गाउँपालिकाको आयोजनामा प्रभातफेरी सहितका कार्यक्रम गरि दिवस मनाईएको हो । पवित्र आमा समूहका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा सदस्य प्रेमनाथ शर्माले उद्यमशिलता र... पुरा पढ्नुहोस

नारी दिवसको अवसरमा पखेटा नेपाल द्वारा जनचेतनामुलक कार्यक्रम

म्याग्दी २४ फागुन । नारी दिवसको अवसरमा पखेटा नेपाल सस्थाले महिला हरुलाई महिनावारी सरसफाइ, उचित र पुनःप्रयोग हुने घरेलु प्याड बारे जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पखेटा नेपालका अध्यक्ष बिनु श्रेष्ठले बेनी नगरपालिका– ६ स्थित डम्मरामा महिला हरुलाइ घरेलु रुपमा पुन प्रयोग गर्ने मिल्ने प्याड बनाउने तरिका सिकाउनुभएको थियो... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाद्धारा सामागी वितरण

म्याग्दी २४ फागुन । नारी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाको आयोजनामा अपांगता भएका महिलाहरूलाइ सरसफाई सामाग्री वितरण गरिएको छ । आइरिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्वारा प्राप्त सरसफाई सामाग्रीहरुको डिग्निटी कीट वितरण गरिएको हो । वडाका विभिन्न बस्तीमा रहेका १५ जना अपांगता भएका महिलाहरुलाई सावुन, रुमाल,... पुरा पढ्नुहोस

मावि तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनु गलत भयोः काँग्रेस नेता गुरुङ (भिडियो)

म्याग्दी २४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आधारभृुत र माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको अवस्था थप कमजोर जटिल बनेको बताउनुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला प्रतिनिधि सभाको सोमबार बेनीमा उद्घाटन गर्दै नेता गुरुङले संविधानमा माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिने... पुरा पढ्नुहोस

चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण, दुरी छोटिएपछि स्थानीयबासीमा खुसियाली

म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत चिमखोला गाउँ र सागरेक र संघिय सरकार मार्फत सिस्नेरी रजेकदेखि रघुगंगा गाउँपालिका–६ रायखोरको फड्के जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण पश्चात स्थानीयबासीलाई आवाज जावतमा सहज भएको छ... पुरा पढ्नुहोस

वारीबेनीमा सडक कालोपत्र गर्न सुरु, स्थानीयवासीमा उत्साह

म्याग्दी २४ फागुन । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र काम सुरु भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि... पुरा पढ्नुहोस

हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)

बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस

मल्लाजमा मनाइयो धौलागिरी जागरणको वार्षिकोत्सव

मल्लाज २३ फागुन । बागलुङबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर मनाएको छ । जागरण दैनिक पत्रिकाले पछिल्लो केही वर्ष यता आफ्नो हरेक वार्षिकोत्सव सदरमुकाम भन्दा बाहिर धौलागिरीका गाउँ–गाउँमा पुगेर मनाउने गरेको छ । यही अभियानकै क्रममा स्थानीय मल्लाज बहुउद्धेश्यीय... पुरा पढ्नुहोस

अन्नपूर्णको गाउँसभा सम्पन्न

म्याग्दी २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत भएको चालु आर्थिक... पुरा पढ्नुहोस

मौवाफाँटमा बहुउदेश्यीय सभाहल निर्माण सुरु, चिमखोलामा बेलिब्रिज बन्दै

म्याग्दी २३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा बहुउदेश्यीय सभाहल निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निर्माण हुन लागेको सभाहल भवनको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले सिलान्यास गर्नुभएको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत विनियोजन भएको रु ७० लाख बजेट र गाउँपालिका मार्फत विनियोजन भएको रु ४३... पुरा पढ्नुहोस