पत्रकार महासंघ मुस्ताङमा उम्मेदवारी दर्ता संम्पन्न

  • २२ चैत्र २०७७, आईतवार
  • 951 पटक पढिएको

मुस्ताङ,२२ चैत ।   पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति मुस्ताङले पत्रकारहरुको महासंघ मुस्ताङ शाखामा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भई साँझ ६ बजे नामावली प्रकाशन गरिएको जनाईएको छ ।

पत्रकार महासंघ मुस्ताङ अन्र्तगत निर्वाचन संयोजक भीमबहादुर रसाईली ,जिल्ला अदालत मुस्ताङका नायव सुब्बाा रामचन्द्र सुबेदी र जिल्ला सरकारी वकिलको कार्यालयका नायव सुब्बा पार्वती तामाङको समिति नामावली दर्ता प्रक्रिया र नामावली प्रकाशनमा खटिएको थियो ।

महासंघको ३ तहको निर्वाचन अन्र्तगत मुस्ताङ शाखामा प्रेष चौतारीका तर्फबाट पत्रकार सुन्दरकुमार थकालीको नेतृत्वमा प्रेष युनियन र प्रेष सेन्टरदसहितको गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ भने अर्को प्रेष चौतारीको तर्फबाट सुनदेवी रसाईलीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको निर्वाचन संयोजक भीमबहादुर रसाईलीले जानकारी दिए । संयोजक रसाईली पत्रकार महासंघको निर्वाचन आचारसंहिताको पालना गर्दै २५ गते शान्तिपूर्ण रुपमा निर्वाचन संम्पन्न हुने जानकारी दिए ।

संघियतासंगै २०६८ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको निर्वाचन रोचक हुने भएको छ । दुबै पक्षले आफ्नो प्यानलले चुनाव जित्ने दावी गरेका छन् ।