म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई

  • २१ चैत्र २०७७, शनिबार
  • 3203 पटक पढिएको

म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे  ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको वडानम्वर ४ नारच्याङले वडानम्वर ३ दानलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको थियो ।


विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रालीका अध्यक्ष सुरत केसी लगायतको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा पुरुष बिजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया प्राप्त गरे भने महिलातर्फ विजेता र उपविजेताले ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया नगदसहित मेडल र ट्रफी प्रदान गरिएको खेलकुद संयोजक कुमार किसानले बताए । प्रतियोगितामा बेस्ट प्लेयर, सेटर, ब्लकर स्पाइकर, सर्भर तथा अनुशासित र प्रालीका उतकृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।