म्याग्दीका सबै पालिकामा वाइसीयलको नेतृत्व चयन

  • २३ चैत्र २०७७, सोमबार
  • 1003 पटक पढिएको

 

म्याग्दी, २३ चैत । योग कम्युनिष्ट लिग नेपाल म्याग्दी पुर्नजीवित गरिएको छ । संयोजक सन्दीप खत्रीको अध्यक्षतामा भएको बैठकबाट ६ स्थानीय तहमा राजनैतिक, बैचारिक, संगठनात्मक महत्वपूणर् निणर्यहरु गर्दै जिल्ला समिति सदस्यहरुको कार्य विभाजन गरेका हुन् ।

सोमबार सदरमुकाम बेनीमा भएको बैठकले बेनी नगरपालिकाको इन्चार्जमा किसान विक, संयोजकमा विज्ञान केसी, सह-सयोजकमा नारायण पौडेल र विजय किसान चयन भएका छन् ।

त्यस्तै गाउँपालिका अन्तरगत रघुगंगाको इन्चार्जमा सुविन शेरपुञ्जा, संयोजकमा अर्जुन भण्डारी सहसंयोजकमा दिनेश विक, अन्नपूणर्को इन्चार्जमा विरबहादुर पौडेल, संयोजकमा इन्द्रबहादुर थापा, मंगलाको इन्चार्जमा अर्जुन शाही, सह-इन्चार्जमा दलविर पुन, संयोजकमा बालकृष्ण पुर्जा चयन भएका छन् ।

मालिकाको इन्चार्जमा दोरन शेरचन, संयोजकमा रमेश पुन, सह-संयोजक तेजिन्द्र पुन, धवलागिरीको इन्चार्जमा सविन रोका, सहइन्चार्ज चक्र पुन, संयोजक अमृत थापा चयन भएको खत्रीले जानकारी दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोविन्द्र पौडेलले प्रतिगमन विरुद्ध एकजुट भएर अघि बढ्न वाइसिएललाई आग्रह गरेका छन् । युवाहरुको भेलामा विनोद केसी, रेशम जुग्जाली पुनम खड्का र शेरबहादुर केसीको उपस्थितमा जिल्ला सदस्यहरुको स्थानीय तहमा कार्यविभाजन गरिएको थियो ।