कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण

  • २१ चैत्र २०७७, शनिबार
  • 1535 पटक पढिएको

म्याग्दी, २१ चैत । कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसस्त्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो ।


शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी, वडाअध्यक्ष बेल बहादुर चोखाल, गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक) लगायतको उपस्थितमा एभोकाडो, धुपी, रुद्राक्षको ४० भन्दा बढी विरुवा वृक्षारोपण गरेका हुन् ।

बैँक प्रवन्धक श्रेष्ठले गलेश्वर क्षेत्रमा लगाएको विरुवाको संरक्षण गर्न स्थानीयललाई आग्रह गरेका छन् ।