ताजा अपडेट
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु
- 4 बर्ष, 10 महिना अगाडि
- ६ जेष्ठ २०७८, बिहीबार
हेटौंडा ६ जेठ। राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन्... पुरा पढ्नुहोस
थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२४६ को मृत्यु
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
काठमाण्डौ ५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
पोखरा ५ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला... पुरा पढ्नुहोस
म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना ,... पुरा पढ्नुहोस
गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना संक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
बेनी, ५ जेठ । म्याग्दीमा कोरोना संक्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाईटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत रहेका सुरत केसीको नेतृत्वमा ४ जना युवाहरुले स्वास्थ्य सावधानीका मापदण्ड... पुरा पढ्नुहोस
भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ । म्याग्दीकाे रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र... पुरा पढ्नुहोस
लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प
- 4 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
लमजुङ ५ जेठ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का... पुरा पढ्नुहोस
नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
- 4 बर्ष, 10 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ४ जेठ । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।... पुरा पढ्नुहोस
रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग,अक्सिजनको व्यवस्थापनमा जाेड (तस्बिर/भिडियाे)
- 4 बर्ष, 10 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
https://www.youtube.com/watch?v=QTDTQ7PJp1M म्याग्दी ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस