मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि

  • २५ जेष्ठ २०७८, मंगलवार
  • 1185 पटक पढिएको

बेनी, २५ जेठ । म्याग्दीमा मंगलबार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १६ जना र एन्टिजेन विधिबाट १ जना कोरोना संक्रमण पुष्टि भएका हुन् ।

बेनी नगरपालिकाका १३ जना र गाउँपालिका अन्तरगत मंगलामा १ जना, रघुगंगामा १ जना, अन्नपुणर्मा १ जना र जलजलामा १ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार १२८ जना पुगेको छन् भने २०७ जना सक्रिय संक्रमित हुनुहुन्छ। मंगलबार ३७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय अनुसार १२ जनाको रिपोट आउन बाकि छ ।