म्याग्दीमा सोमबार २५ जना कोरोना संक्रमित थपिए

  • २४ जेष्ठ २०७८, सोमबार
  • 836 पटक पढिएको

बेनी, २४ जेठ । म्याग्दीमा सोमबार २५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। पिसिआर विधिबाट गरिएको परिक्षणबाट बेनी  नगरपालिकाका १ जना र गाउँपालिका अन्तरगत मंगलामा ३ जना, मालिकामा १ जना ,रघुगंगामा ९ जना, अन्नपुणर्मा ४ जना, धवलागिरीमा ६ जना र पवर्तको जलजलामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार १११ जना पुगेको छन । पिसिआरबाट १ हजार ५४५ जना र एन्टिजेनबाट ५६६ जना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लामा २२८ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज १५ जना कोरोना मुक्त भएका छन् । हालसम्म १८ जनाको नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।