म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन
- २४ जेष्ठ २०७८, सोमबार
- 1198 पटक पढिएको
म्याग्दी, २४ जेठ । म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन थपिएको छ। सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जे ३१ गते सम्म (एक साता) लकडाउन गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोक्न अतिआवश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गर्ने निणर्य गरेका हुन् ।
जिल्लामा बैकँ तथा सहकारीहरु आईतबार र बुधबार विहान १० बजेदेखि २ बजेसम्म खुल्ने छन् । खाद्यान्न तथा स्थानीय उत्पादित तरकारी लगायतका कृषि औजार र डेरी पसलहरु विहान ५ बजेदखि १० बजेसम्म स्वास्थ्य सामाग्री प्रयोग गरेर खुलाउने निणर्य गरिएको प्रजिअ अधिकारीले जानकारी दिुनभयो । औषधी पसलहरु नियमित रुपमा खुल्ने छन् । सरकारी कामकाज लागि सरकारी सवारीसाधनहरु बाहेक सार्वजनिक वा नीजि सवारीसाधनहरु संचालन गर्न पाईने छैन् ।
म्याग्दीमा गत बैशाख २२ गतेदेखि लकडाउन भएको थियो । चौथो चरणको लगडाउन जेठ १२४ गते सकिदै थियो । पहिलो चरणमा बैशाख ३१ गतेसम्म, दोस्रो चरणमा जेठ १० गतेसम्म, तेस्रो चरणमा जेठ १७ सम्म र चौथो चरणमा जेठ २४ गते र पाचौँ चरणमा जेठ ३१ सम्म थपिएको छ । पछिल्लो समय लगडाउनले कोरोना संक्रमण दर घटेको छ ।