प्रहरी कार्यालयद्वारा बेनी अस्पताललाई अक्सिजन कन्सनटेटर सहयोग

  • २५ जेष्ठ २०७८, मंगलवार
  • 810 पटक पढिएको

बेनी, २५ जेठ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन बेनी अस्पताललाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेका छन् ।


मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई लगायत सुरक्षा समितिको उपस्थित बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेललाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

तालुक प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौबाट प्राप्त भएको अक्सिजन कन्सनटेटर कोरोना संक्रमित विरामीको उपचारमा सहयोग पुर्‍याउन अस्पतालाई हस्तान्तरण गरिएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङ्गले जानकारी दिए ।