ताजा अपडेट

म्याग्दीका भिसी तुलबहादुर पुन : जन्मथलोमा सुनसान, बेलायतमा चर्चा, बाँदुकमा संग्रालय बनाउने याेजना

कमल खत्री बेनी, १ साउन । दोस्रो विश्वयुद्धमा अद्धितीय युद्धकला प्रदर्शन गरे बापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्वर्गीय तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । म्याग्दीको ग्रामीण गाउँमा जन्मिनुभएका पुन बेयायती सेनामा भर्ति भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईमा अकल्पनीय लडाई लड्नुभएको थियो ।... पुरा पढ्नुहोस

व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना (भिडियो रिपोर्ट सहित )

बेनी ३१ असार । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि पहल थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थिलाई आकर्षित गर्न यस विद्यालयमा शैक्षिक सुधार, आधुनिक शिक्षण शिकाइको पहुँच विस्तार संगै विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गराउने अभियान थालिएको छ ।... पुरा पढ्नुहोस

नारच्याङको मनमोहक छहराखोला झरना (फोटो कथा)

बेनी, ३१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छहराखोला झरना । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्ग अन्तर्गत पर्ने नारच्याङ गाउँमा पर्ने यो झरनाले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । गाउँको शिरमा रहेको यो झरनामा जाने पदमार्ग लगायतका पर्यटन पूर्वाधार निर्माण गरिएको छ भने झरनाको दिगो विकास र संरक्षणको... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान

काठमाण्डाै ३१ असार । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१०... पुरा पढ्नुहोस

बेगखोलामा कहिल्य बन्छ पुल ?

म्याग्दी, ३० असार । बेनी– जोमसोम सडक अन्तरगत रघुगंगा गाउँपालिका १ बेगखोलाको खोलामा पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।  बर्षासंगै आउने अपत्यारीलो तिव्र गतिको बाढीले बाटो अबरुद्ध बनाएर गन्तव्यमा हिडेका पैदलयात्री र यातायात सेवालाई अलपत्र पार्दै आएको छ । २०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्ती संगै मोटरेबल पुल... पुरा पढ्नुहोस

माननीयहरूलाई एकमुष्ट तलब

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ... पुरा पढ्नुहोस

ओली ४१ महिनापछि सिंहदरबारबाट बाहिरिए

सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा मंगलबार विदाइ सम्बोधन गरे। विदाइ सम्बोधनका लागि ओली अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए। दुई बजेपछि सुरू भएको उनको सम्बोधनमा ओलीले सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश पोखे। उनले आफ्नो सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी पनि गरे। झन्डै १... पुरा पढ्नुहोस

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

असार २९ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले... पुरा पढ्नुहोस

देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय

पाँच राजनीतिक दलकाे  गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई... पुरा पढ्नुहोस

देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्। आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने पनि बताए। फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ थियो। आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उनले... पुरा पढ्नुहोस