म्याग्दी समाज अमेरिकाको अध्यक्षमा शाही चयन

  • ११ श्रावण २०७८, सोमबार
  • 1477 पटक पढिएको

म्याग्दी ११ साउन । अमेरिकामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अमेरिकाको अध्यक्षमा तोरण शाही (अर्जुन) चयन हुनुभएको छ । समाजको ७ औँ साधारण सभा तथा अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा कृष्ण केसी, उपाध्यक्षमा भिम के सी, महासचिबमा किशोर शर्मा, सचिबमा दिनेश जिसी, कोषाध्यक्षमा सुदर्शन पौडेल चयन हुनुभएको छ । त्यसैगरि महिला विभागमा दिपा पुन , सूचना तथा संचारमा सन्तोस खड्का, संस्कृतिक विभागमा मन्जु पुन, पदम लाल रामदाम, खेलकुद विभागमा हिरा खत्री, मनिश बानियाँ, मेम्बरसिप डाइरेक्टरमा सुरज थापा, युवा विभागमा दिपेश कटुवाल र आइटि विभागमा अनुषा मल्ललाई चयन गरिएको छ ।

इन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रेम राजा महतको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो । कार्यक्रममा ह्यरि भण्डारी, कार्ल ज्याक्शन, सुबोध पन्त, प्रभु थापा ,पारश मणि श्रेष्ठ, राम थापा, अम्मर छन्त्याल लगायतको बिशेष आतित्यथा रहेको थियो भने मेरिल्याण्ड राज्यमा शक्रिय विभिन्न संघ संथाका प्रमुख तथा म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अन्जु थापाले आर्थिक र भिम केसीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजका अग्रत तीन जनालाई सम्मान गरिएको थियो भने डा. चक्र बुढाथोकी, क्रिस घिमिरे र प्रशान्त श्रेष्ठको निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको घोषणा गर्नुभएको नवनिर्वाचित महासचिब शर्माले जानकारी दिनुभयो ।