बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना

  • ११ श्रावण २०७८, सोमबार
  • 1024 पटक पढिएको

म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले  कार्यालय स्थापना  गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले  सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र अगाडी खाद्यसंस्थानको भवनमा बोर्डसहित पाटी कार्यालय शुभारम्भ गरेका थिए । पाटीकी जिल्ला सेक्रेटरी शुशिला विक (दिपा) को अध्यक्षतामा भएको कार्यालय उद्घाट्न कार्यक्रममा नेता घिमिरले कम्युनिष्ट पार्टीको आधारभूत कुरालाई संस्थागत गर्दै राष्ट्र र जनताप्रति मुल्यमान्यता र सिद्धान्तको राजनीति आवश्यक रहेको बताए । उनले जनयुद्धको घटनाक्रमलाई सम्झदै परिवर्तका लागि शहिद बनेका उनीहरुको सपनालाई कार्यान्वयन गर्न लागिरहने प्रतिवद्धता राखेका थिए ।

‘लोकतन्त्र र गणतन्त्र आएपनि जनतालाई लोकतन्त्र र गणतन्त्रको अनुभुति भएको छैन् नेता घिमिरेल भने, ‘ संसदिय ब्यवस्था, समानुतिक, समावेशीले भष्ट्रचारलाई संस्थागत गराएको बताए।’ नेता विप्लबले प्रगतिशले सयुक्त सरकार आवश्यक रहेको बताउदै पात्र भन्दापनि ब्यवस्था छान्ने अधिकार जनतालाई दिन आग्रह गरेका थिए । अहिल्यको संसदिय ब्यवस्था दलाल, पुजिपति र विचौलियाको हातमा पुगेको छ, उनले भने यसलाई हटाउने ब्यवस्था ल्याउने अधिकार जनतालाई दिनुपर्छ ।’ सरकारसंग तिनबुदे सहमति प्रश्चात आफना् उद्देश्य र योजनालाई जनतामाझ राख्न र सुन्नका लागि जिल्लामा पाटी कार्यालय स्थापना गरेको नेता विप्लपले भने ।

केन्द्रिय सदस्य घिमिरेले जनयुद्ध र जनआन्दोलनले ल्याएको परिवर्तनमा जनताका मुल एजेण्डालाई कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पार्टीको ऐजेण्डा कार्यान्वयन हुनुपर्ने बताए । मुस्ताङका पुर्व इन्चार्ज पदम पुन फिल्टरले तिन बुदे सहमति प्रश्चात खुल्ला राजनीतिमा आएपनि जनताको एजेण्डालाई कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए ।

विद्यार्थीका धौलागिरी ब्युरो इन्चार्ज सुरेन्द्र बस्नेतको संचालन अनेमसंघकी केन्द्रिय सदस्य ममताको स्वागत मन्तव्य भएको कार्यक्रममा जिल्ला नेता लालु किसान, गोपाल पौडल, शिव श्रेष्ठ र धुव्रलाल शर्मा लगायत नेताको उपस्थित रहेको थियो ।