ताजा अपडेट

बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी... पुरा पढ्नुहोस

काेराेना कहरका कथा : जस्ले ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाए

बेनी (म्याग्दी) जेठ २४ गते । ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ... पुरा पढ्नुहोस

स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी चयन

पोखरा, २४ जेठ । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले कृष्ण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका... पुरा पढ्नुहोस

चरनका चौपाया (फोटो कथा)

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् ।... पुरा पढ्नुहोस

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस

३ जेठ २०७५ पूर्वको एमाले र सर्वोच्चको हस्ताक्षर फिर्ता गर्न ओलीको प्रस्ताब, प्रस्ताबको अर्थ नरहेको नेपाल पक्षको प्रतिकृया

काठमाण्डौ २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव... पुरा पढ्नुहोस

३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

काठमाडौं २३ जेठ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा... पुरा पढ्नुहोस

जनमोर्चाका सांसद कृष्ण थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन सर्वोच्चको आदेश

जेठ २३ काठमाण्डौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र... पुरा पढ्नुहोस

जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित

बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस

अभिभावकविहिन अभिषेक परियारलाई सहयोगको खाँचो

म्याग्दी, २२ जेठ । अभिभावक विहिन रघुगंगा गाउँपालिका–२ राखुभगवती स्थित ठाटीथरका अभिषेक परियारलाई गास र बासको समस्या भएको छ । १५ बर्षका अभिषेक परियारको बाआमा सम्पर्कविहिन र बस्ने घर भत्केको कारण सानै उमेरमा अभिभावकविहिनले गासबासको समस्यामा परेका छन् । आफन्तको राम्रो भरथेक नहुँदा अभिषेकलाई ठुलोबाबाको घरमा चरण लिएर पकाएर खाने... पुरा पढ्नुहोस