ताजा अपडेट

मालिका गाउँपालिकाका ६०० घरमा विद्युत् सुविधा विस्तार

११ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका ६०० बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।... पुरा पढ्नुहोस

रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी मुक्तिधाम माविलाई

म्याग्दी, १० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतिको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच/पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि,... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अध्यक्षतामा सन्दिप खत्री चयन

म्याग्दीमा परोपकारी क्षेत्रमा सक्रिय ओमकुमारी शान्ति कोषको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार बेनीमा सम्पन्न दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, सचिबमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा नेत्रराज सुवेदी... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा सहयोगको याचना

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारीको उपचारमा सहयोगको याचना गरिएको छ । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेका हुन् । दसैँ... पुरा पढ्नुहोस

रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्बिर /भिडियो)

म्याग्दी ८ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी... पुरा पढ्नुहोस

जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने

म्याग्दीमा विद्यालय तहमा लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा सञ्चालन हुँदै आएको जेसिज कप फुटवल प्रतियोगिताको २२ औँ संस्करणलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको जनाईएको छ । शनिवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन

म्याग्दी, असोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ । बुधबार बिहान एभरेष्ट एयरको होलिकोप्टरबाट पुगेको उद्धार र टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविर ल्याएको हो... पुरा पढ्नुहोस

मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

जोमसोम : मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएको प्रहरीले जानकारी दिएको छ।                     घटनामा आरु चनौटे-९ गोरखाका... पुरा पढ्नुहोस

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास... पुरा पढ्नुहोस