दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, म्याग्दीका महावीर पुनलाइ शिक्षामन्त्रीकाे जिम्मेवारी
- ६ आश्विन २०८२, सोमबार
- 183 पटक पढिएको
काठमाण्डाै ६ असोज । सुशीला कार्की नेतृत्वकाे सरकारमा दाेस्राे पटक मन्त्रीपरिषद विस्तार भएकाे छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा विभिन्न मन्त्रालयको जिम्मेवारी हेरफेर गरियो, जसमा केही मन्त्रीलाई थप जिम्मेवारी दिइयो।
प्रधानमन्त्री कार्कीले अझै ९ मन्त्रालय आफैसँग राख्नुभएकाे छ भने मन्त्रिपरिषद्लाई पूर्णता दिन बाँकी छ। दोस्रो पटक असोज ६ गते प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्रीलाई शपथ गराउनुभएकाे छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकाे छ ।
यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा म्याग्दीका महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ । प्रधानमन्त्री कार्कीले पहिलो पटक भदौ २९ गते तीन मन्त्री नियुक्त गरेकी थिइन् । त्यो बेला रामेश्वरप्रसाद खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइस भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृहस कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाउनुभएकाे थियाे ।