Uncategorized

धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

म्याग्दी १० पुस । लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य÷समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

म्याग्दी ४ पुस। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित हुनुभएको छ । शनिबार देखि बेनीमा सुरु भएको संगठनको १३ औँ जिल्ला अधिवेशनबाट हमाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवनिर्बाचित कार्य समितिको उपाध्यक्षमा रमेश सिं ठकुरी, महिला उपाध्यक्षमा बिरमाया बिश्वकर्मा, सचिवमा भिम... पुरा पढ्नुहोस

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो... पुरा पढ्नुहोस

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)

म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।  ... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात

https://www.youtube.com/watch?v=eRKC33NyMVk     म्याग्दी २२ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र... पुरा पढ्नुहोस

काँग्रेस बागलुङको सभापतिमा सिटौला पक्षका जित शेरचन निर्वाचित

मङ्सिर १४ वागलुङ ।                         नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन निर्वाचित भएका छन ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट सभापतिमा शेरचन निर्वाचित भएका हुन । शेरचनले ८७३ मत ल्याएर विजयी भएका छन... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान म्याग्दीमा पनि सुरु

म्याग्दी ९ मंसीर ।‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन आज अन्त ( कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा... पुरा पढ्नुहोस

म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय सदस्य पदमा आकांक्षी

म्याग्दी ९ मंसीर । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ । वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको सचिवालय सदस्य नवराज शर्मा, नरदेबी पुन र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ केन्द्रिय... पुरा पढ्नुहोस

मगर मुक्ति मोर्चाको चौथोँ सम्मेलनको नेकपाका महासचिब बिप्लवद्धारा उद्घाटन (फोटो फिचर)

म्याग्दी ८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले उद्घाटन गर्नुभएको छ । पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना... पुरा पढ्नुहोस

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

बेनी, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार... पुरा पढ्नुहोस