काँग्रेस बागलुङको सभापतिमा सिटौला पक्षका जित शेरचन निर्वाचित

  • १४ मंसिर २०७८, मंगलवार
  • 739 पटक पढिएको

मङ्सिर १४ वागलुङ ।                         नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन निर्वाचित भएका छन ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट सभापतिमा शेरचन निर्वाचित भएका हुन । शेरचनले ८७३ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धि जगदिशचन्द्र उपाध्याले ७६८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्वाेर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो । शेरचन सिटौला पक्षका नेता हुन । उनलाई देउवा पक्षका नेताहरुकाे सहयोग रहेको थियाे । उपाध्याय पौडेल पक्षका उम्मेदवार हुन । पहिलो चरणको निर्वाचनमा सवै भन्दा बढि मत ल्याएका उपाध्याय दोस्रो चरणमा पराजय भाेग्नु परेको छ । पश्चिम बागलुङमा काँग्रेसको यसपटक पहिलो पटक जिल्लाको  नेतृत्व पुगेको छ । अधिवेशनमा पदाधिकारी र सदस्य पनि अधिकाशं पश्चिम बागलुङका नेताहरु निर्वाचित भएका छन ।              पदाधिकारी र अन्य सदस्य पनि पश्चिम बागलुङका  धेरै  निर्वाचित भएका जिल्काला तहका नेता तथा कार्यकर्ता भेगिए राजनितिले गर्दा सवर र सक्षम नेतृत्व पछि परेको टिप्पणी गरेका छन ।
जिल्ला उप सभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल निर्वाचित भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन ।  यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरेका थिए ।
सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस निर्वाचित भएका हुन  । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताए । पदाधिकारीमा निर्वाचित सचिव शर्मा र सहसचिव श्रीष बाहेक सबै पश्चिम बागलुङका हुन ।