बेनीमा जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात

  • २२ मंसिर २०७८, बुधबार
  • 999 पटक पढिएको

 

 

म्याग्दी २२ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन भएको पहिलो चरणको खेलबाट साविक विजेता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि संगै बुद्ध एकेडेमि, डर्निङ बोडिङ, किसानी मावि र केवी एकेडेमि दोस्रो चरणमा प्रवेश गरेका छन् । लिटल गार्डेनलाई १–५ गोल अन्तरले हराउँदै वेष्ट प्वाइन्ट, माउण्ट एभरेष्टलाई २–३ गोल अन्तरले हराउँदै बुद्ध, सारदा माविलाई ०–१ गोलमा हराउँदै डर्निङ, किसानी मावि बिमलाई १–२ गोलले हराउँदै किसानी मावि धारापानी र जामुनाखर्क माविलाई ०–३ गोल अन्तरले हराउँदै केवी दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
मंसिर २५ गतेसम्म संचालन हुने प्रतियोगिताको उदघाटन बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले गरेका छन् । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिए । उनका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।