Uncategorized

चिमखोलामा भूमे पूजा : ‘देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता’

  म्याग्दी (बेनी), २४ चैत ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ बर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिईएको छ । आधुनिकताको प्रभाबले मौलिक कला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलाबासीले भने भूमे पूजामा हुने साँस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् । हरेक बर्षको चैत महिनाको उजेली मंगलवारको दिन... पुरा पढ्नुहोस

म्याग्दीमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पुजा’को रौनक

म्याग्दी , १७ चैत । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’को रौनक सुरु भएको छ । चैत महिनाको उजेली मंगलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मंगलवार म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ । प्राकृतिक अनिष्टलाई पार लगाउन र... पुरा पढ्नुहोस

महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

म्याग्दी(बेनी), २३ फागुन । म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो। निर्वाचित उम्मेदवार र दलका नेता–कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो। तर शनिबार बिहान सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका... पुरा पढ्नुहोस

राजनीतिक ज्ञान र अनुभवले मात्रै निकास र विकास सम्भव : मुख्यमन्त्री पाण्डे

म्याग्दी १५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राजनीतिक ज्ञान र अनुभव आबश्यक हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले शुक्रवार रघुगंगा गाउँपालिका– २ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास... पुरा पढ्नुहोस

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि नेकपा म्याग्दीले पालिका स्तरमा एकताको... पुरा पढ्नुहोस

युवाहरुको अनुकरणीय काम:‘बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान’

म्याग्दी , १४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाहरुले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरुको समेत खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाहरुले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।   न्यू... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान

\ म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान गरेको छ । पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवार वडा नम्बर २ भगवतीमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित सम्मान गरीएको हो । https://youtu.be/0JBVBnRC42Q ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आयोजना... पुरा पढ्नुहोस

२३ औं जेसीजकप फुटबलको उपाधी केवि एकेडेमीलाई

म्याग्दी ,१३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवलको उपाधि केवि एकेडेमी दरबाङले हात पारेको छ । बेनीको खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिकमाविलाई १ का विरुद्ध ३ गोल गर्दै केवि एकेडेमीले उपाधी चुमेको हो । केवि एकेडेमीले पहिलो पटक जेसीजकपको उपाधी हात... पुरा पढ्नुहोस

२३ औं जेसीजकप फुटबलको उपाधीका लागि बेनी सामुदायिक र केवि एकेडेमि प्रतिस्पर्धा गर्दै

म्याग्दी१३ मङ्सिर ।  म्याग्दी सदरमुकाम बेनीमा जारी २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवलको उपाधिका लागि बेनी सामुदायिक र केवि एकेडेमि दरबाङबिच फाइनल भिडन्त हुने भएको छ । सेमिफाइनलमा किसानी चन्द्राकुन्ता माविलाई शुन्यका विरुद्ध एक गोल गर्दै बेनी सामुदायिक र लिटल गार्डेन एकेडेमिलाई पेनाल्टी सुटआउटमा एकका विरुद्ध चार गोल गर्दै केवि... पुरा पढ्नुहोस

“फाइट टु फिनिस” 

सन्दिप खत्री इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा परिवर्तनका लागि विभिन्न कालखण्डमा विभिन्न प्रकारका आन्दोलन, क्रान्तिहरु हँुदै आएका छन् । तर कुनै पनि आन्दोलन, क्रान्ति पूर्ण रुपमा निष्कर्षमा पुग्न सकेका छैनन् । चाहे २००७ सालको आन्दोलन होस्, चाहे ०३६ सालको  जनतमत संग्रह, चाहे ०४६ सालको, माओवादीले सञ्चालन गरेको जनयुद्ध होस्... पुरा पढ्नुहोस