विशेष

हिउँको घुम्टोमा लुकेको नागी –(फोटो कथा)

म्याग्दी, १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा हिमपातीले सेताम्मे भएको दृष्य । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटीएको नागीमा यो बर्षको तेस्रो पटक भारी हिमपात भएको हो । हिमपातले जनजिवन प्रभावित बनेको छ । यो क्षेत्रमा हिमपातमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् । तस्बिरः किसान पुन पुरा पढ्नुहोस

देविस्थानमा भारी हिमपातः हिमपातले पठनपाठन प्रभावित

बेनी १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल बर्षासंगै परेको हिमपातको कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भिम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । अत्यधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अबस्था नरहेको स्थानीयबासीले बताएका छन् । देविस्थान... पुरा पढ्नुहोस

म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित

बेनी १५ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको अविरल बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता... पुरा पढ्नुहोस

घतानकोत पुननिर्माण गरिँदै, ७ लाख सहयोग संकलन

बेनी, १३ फागुन । बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहाँसिक घतानकोत पुननिर्माण गर्नको लागि आर्थिक संकलन गर्न थालिएको छ । जिल्लामा रहेका पुराना कोतहरुको सुचिमा रहेको घतानकोत मन्दिर जिर्ण बनेपछि पुननिर्माणको लागि अभियान थालिएको हो । ऐतिहाँसिक ढोलठान दरबारको काखमा अबस्थित घतान कोतको दुर्गा भगवती मन्दिर जिर्ण बनेपछि स्थानीयले पुननिर्माण संगै... पुरा पढ्नुहोस

अतिथिलाई स्वागतमा गुराँसे मालाको भारी (फोटो कथा)

म्याग्दी, १४ फागुन । तस्बिरमा देखिएको राताम्मे माला अतिथिको स्वागतको लागि बनाईएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा पुगेका अतिथि पाहुनलाई स्वागतको लागि विद्यार्थीहरुले यसरी गुराँसे मालाको भारी बनाएर ल्याएका हुन् । यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि... पुरा पढ्नुहोस

फेसबुक बन्याे बिहे गर्ने माध्ययम, बागलुङे युवकले गरे पाकिस्तानी युवतीसँग बिहे

बागलुङ  १३   फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे ।  पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले... पुरा पढ्नुहोस

व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण

धु्रबसागर शर्मा म्याग्दी १३ फागुन ।  म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण... पुरा पढ्नुहोस

रघुगंगा र मुक्तिधाम माविको बिजयउत्सव

बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका... पुरा पढ्नुहोस

म्याग्दीमा आवास पुननिर्माण प्रभावित ‘हाइप्रोफाइल भुकम्प पीडित : अनुदान लगे, घर बनाएनन्’

म्याग्दी, १२ फागुन । २०७२ सालमा गएको भुकम्पले देशमा धेरै जनधनको क्षती भयो । भुकम्पबाट हजारौँ घरबार विहिन हुन पुगे । सरकारले भुकम्पबाट घरबार विहिन भएकाहरुको निजी आवास पुननिर्माणमा सहयोग गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि प्रभावित जिल्लाहरुमा आवास पुननिर्माणको लागि अनुदान दिन थालेको थियो । तर भुकम्प गएको ३... पुरा पढ्नुहोस

कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान

म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर... पुरा पढ्नुहोस