म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित (तस्बिर सहित)

  • १८ पुष २०७६, शुक्रबार
  • 2729 पटक पढिएको

म्याग्दी १८ पुस । हिमाली जिल्ला म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको छ । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विहिवारदेखि मौसममा आएको बदली र बर्षासंगै माथिल्लो भेगमा हिमपात सुरु भएको थियो । शुक्रवार दिनभर मौसममा सुधार नहुँदा हिमपात तल्लो पहाडी भेगसम्म परेको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको अधिकाँश क्षेत्र हिउँले ढाकिएको छ ।

अन्नपूर्ण, रघुगंगा, मालिका र मंगला गाउँपालिकाको समेत डाँडाहरु हिमपातले सेताम्मे भएका छन् । हिमपातले ग्रामीण यातयात प्रभावित भएको छ । हिमपातको कारण माथिल्लो भेगका विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । बर्षा र हिमपातले चिसो अत्यधिक बढेको छ ।