विशेष

राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

कमल खत्री म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस

प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित

म्याग्दी, १८ चैत । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ... पुरा पढ्नुहोस

तरकारी खेती तालिम सञ्चालन

  बेनी १७ चैत । बेनीमा युवा लक्षित व्यवसायिक तरकारी खेती तालिम सञ्चालन भएको छ ।  कृषि ज्ञान केन्द्रको आयोजनामा फागुन १५ गते सुरु भएको तालिम २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा म्याग्दीको विभिन्न वडाका २४ जना कृषकहरुको सहभागिता रहेको छ । तालिमको कृषि ज्ञान केन्द्रका प्रमुख नरेशचन्द्र... पुरा पढ्नुहोस

पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पत्रकारहरुको पदयात्रा (फोटो फिचर)

बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा पर्यटकीय स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका– २ मा अवस्थित पर्यटकीय स्थल लभ्लीहिल क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको हो । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा काफलडाँडामा खेलमैदान निर्माण

सन्तोष गौतम बेनी १६ चैत । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाहरुको सहयोगमा जग्गा खरिद गरेर देवी देउराली युवा क्लवको खेलमैदान निर्माण भएको हो । करिब पाँच लाख रुपैयाँ लगानीमा ४५ मिटर लम्बाई र २० मिटर चौडाई... पुरा पढ्नुहोस

सकियो ३ दिने स्वस्थ जीवन सम्बन्धी बृहतकार्यक्रम

सन्दीप खत्री, म्याग्दी सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रमको को समापन भएको छ । नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम... पुरा पढ्नुहोस

बेनीमा प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुँदै

म्याग्दी, १५ चैत । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस

मानवताको नमुना दम्पती, जस्ले हुर्काए जन्म लगत्तै आमा गुमाएका बालक (भिडियो सहित)

कमल खत्री म्याग्दी १५ चैत । आमाको अभाबमा नवजात शिशुको पालन पोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ, यस्तो काम कठिन मात्रै होईन जोखिमपूर्ण पनि हो । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका मनमती र हनमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् । भिडियाे ः https://www.youtube.com/watch?v=z-51U2Qje9E&t=132s... पुरा पढ्नुहोस

हिउँ पन्छ्याउँदै विकास निर्माणको काममा जुटे गुर्जाली

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय हिउँ पन्छ्याउँदै विकास निर्माणमा जुटेका छन् । गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जामा यो बर्ष भारी हिमपातको कारण अहिलेसम्म पनि हिउँ पूर्ण रुपमा नपग्लीएकाले स्थानीयले हिउँ पन्छ्याएरै भएपनि विकास निर्माणमा जुटेका हुन् । वडाको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजन भएका योजनाहरुको... पुरा पढ्नुहोस

जन्मलगत्तै आमा गुमाएकी बालिकाको लागि मोना क्षेत्रीय समिति नागोयाद्धारा आर्थिक सहयोग

कमल खत्री म्याग्दी, १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानी घर भई रोजगारिको शिलसिलामा जापानमा मृत्युबरण गरेकी एक युवतीको नवजात शिशुको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । नागोयामा रहेका दिनेश दर्जीको पत्नी प्रमिलाले बच्चाको जन्म दिएपछि उनको मृत्यु भएकाले उनको... पुरा पढ्नुहोस