म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग

  • १८ पुष २०७६, शुक्रबार
  • धिरन खत्री
  • 1746 पटक पढिएको

म्याग्दी, १८ पुस । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।


दुवै मृगौलाले काम गर्न छाडेपछि २१ बर्षिय छन्त्यालले अल्गा अस्पताल ललितपुरमा उपचार गराइराखेका छन् । छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले विगत डेढ बर्षदेखि आर्थिक संकलन अभियान संचालन गरेको थियो । अर्मन समाज काठमाण्डौको १० लाखसहित हालसम्म ३४ लाख सहयोग संकलन भइसकेको अध्यक्ष शाक्यले बताए ।


सुरेश बचाउ अभियानमा अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा सो रकम संकलन गरिएको अध्यक्ष बुढाथोकीले बताए । काठमाण्डौ उपत्यका रहेका अर्मनबासीको सहयोग सो रकम संकलन गरिएको उनले जानकारी दिए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले आर्थिक संकलन अभियान थालेको थियो ।
अध्यक्ष शाक्यको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र समाजका अध्यक्ष बुढाथोकीले मन्तव्य राखेका थिए । सुरेश छन्त्यालको ठुलोबुवा हिमबहादुर छन्त्यालको उपस्थित रहेको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य तथा सहसचिव सन्दिप खत्रीको संचालनमा सहयोग हस्तान्तरण सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l