विशेष

नगरपालिकाले बेनी बजार संरक्षण उपभोक्तालाई सचेत गरायो

बेनी १७ फागुन । बेनी बजार संरक्षणको बाहनामा कालीगण्डकी नदी किनारका ढुङ्गा जथाभावी निकालिएको गुनासो बढेपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकिकृत संरक्षण समिति मार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको... पुरा पढ्नुहोस

सानालेखमा युवाहरुको नेतृत्वमा निर्मित भवनको उद्घाटन, शिवरात्री मेला सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी १७ फागुन ।  म्याग्दीको बेनी नगरपालिका–२ सानालेख ज्यामरुकोटमा युवाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग र स्थानीयबासी एवम् प्रवासमा रहेका सानालेखबासीको नगद एवम श्रमदान मार्फत निर्मित भवनको उद्घाटन गरिएको छ ।  महाशिवरात्री पर्वको अवसरमा स्थानीय लेकसाईड युवा क्लबले आयोजना गरेको खेलकुद एवम विविध... पुरा पढ्नुहोस

थुनामा रहेका खड्काको उपचारको क्रममा निधन

म्याग्दी, १६ फागुन । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि जिल्ला काराकारमा रहेका एक कैदि बन्दिको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका–९ काउलेगौडा घर भई कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागारमा थुनामा रहेका २६ बर्षिय उक्तम खड्काको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्यारालाईसीस र... पुरा पढ्नुहोस

आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)

म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो । गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो... पुरा पढ्नुहोस

मालिकाको औलामा खानेपानी आयोजना निर्माण (फोटो फिचर)

सन्तोष गौतम बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले... पुरा पढ्नुहोस

दुर्गम गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

पर्वत, १६ फागुन । पर्वतको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले... पुरा पढ्नुहोस

मगर संघको सातौं अधिवेशन सुरू, ‘लाहुरे’ संस्कारले राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युनः मन्त्री थापा

साधन राम्जाली म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको... पुरा पढ्नुहोस

बिशेष जिल्ला सभा: सरकारले पहिलो बर्षमा संघियता कार्यान्वनयको आधार तयार ग¥र्योः मन्त्री थापा

म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले सरकारले संघियता कार्यान्वयनको लागि जग बसाईसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो बर्षमा संघियताको मर्म अनुसार निति, नियम र काुनन निर्माणमा सरकारको समय व्यतिथ भएको बताउँदै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको... पुरा पढ्नुहोस

बेल्जियममा रहेका नेपाली युवायुवतीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५०/५० हजार आर्थिक सहयोग

म्याग्दी, १५ फागुन  । रोजगारको शिलशिलामा बेल्जियको ब्रुजमा रहेका नेपाली युवायुवतीद्धारा देउसीभैलोबाट संकलित रकम म्याग्दीको गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय मावि मौवाफाँटमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५० हजारको दरले सहयोग गरेका छन् । नेपाली कलासस्कृति संरक्षण गर्ने उद्देश्यले दशैतिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम सो क्षेत्रमा रहेका बृद्धबृद्धा र दृष्टिविहिन... पुरा पढ्नुहोस

अपडेटः हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

फागुन १५ गते ।  ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।  ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै... पुरा पढ्नुहोस