म्याग्दी समाचार
जन आवाज विद्यालयमा छात्रवृत्ति र पुरस्कार वितरण
- 6 बर्ष, 1 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
म्याग्दी,१४ जेठ । म्याग्दीको मंगला–१ पुर्णगाउँमा रहेको जन आवाज आधारभुत विद्यालयमा बार्षिक परिक्षा २०७५ को पुरस्कार तथा विविध छात्रावृत्ति वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा मार्फत उपलब्ध दलित, छात्रा तथा अपाङ्गता भएका ४६ बालबालिकाका लागी एकमुस्ट १९ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो । त्यसैगरि बाल विकासमा रहेका... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई
- 6 बर्ष, 1 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो । जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन... पुरा पढ्नुहोस
राम्चेमा सार्वजनिक सुनुवाईः स्थानीय समस्याहरुबारे सरोकारवालाको ध्यानकर्षण
- 6 बर्ष, 1 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका स्थानीयले गाउँपालिकाको केन्द्रदेखि विकटता रहेको राम्चे क्षेत्रको पूर्वाधार विकास र स्थानीयका समस्या समाधानमा पहल गर्न आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सोमबार राम्चेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले नियमित अबरुद्ध हुने विद्यूतको समस्याले हैरानी व्यहोर्नुपरेको, मिटर... पुरा पढ्नुहोस
गुर्जाबासीको आम्दानीको स्रोत ‘भेडापालन’
- 6 बर्ष, 1 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी, १३ जेठ । म्याग्दीको धौवलागिरि गाउँपालिका–१ गुर्जाबासीको ब्यवसायिक आम्दानीको स्रोत भेडापालन देखिन्छ । उच्च पहाडी भुगोलमा रहेको गुर्जामा अनुकुल हावापानी र चरन क्षेत्रले भेडापालन युवाहरुमा ब्यवसायिक आम्दानीको स्रोत देखिएको हो । जिल्लाको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा पशुपालन र जडिबुटी गुर्जाबासीको प्रमुख आम्दानीको स्रोत देखिन्छ ।... पुरा पढ्नुहोस
विकास योजनामा जनताको उत्साहजनक सहभागिता
- 6 बर्ष, 1 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
धिरन खत्री, म्याग्दी, १३ जेठ । ग्रामिण भेगका जनतासंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विकास योजना कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । कृषि खेतीमा ब्यस्त कृषकहरु, बैदेशिक रोजगारको शिलशिलामा युवाहरु दिनदिनै गाउँ जोड्दै पलायन भएपनि जनतासंग प्रत्यक्ष लाभ हुने योजना तर्जुमा एवम् बजेट विनियोजन तथा कार्यान्वयनमा जनताको चासो र उपस्थित... पुरा पढ्नुहोस
भगवतीमा योजना तर्जुमा तथा ज्येष्ठ नागरिकलाई सम्मान
- 6 बर्ष, 1 महिना अगाडि
- १२ जेष्ठ २०७६, आईतवार
म्याग्दी, १२ जेठ । रघुगंगा गाउँपालिकाले वडास्तरीय योजना तर्जुमा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तिव्रता दिएको छ । गाउँपालिको आईतबार वडा नम्वर २ राखु भगवतीको वडा कार्यालयको परिसरमा बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई दोषल्लाले सम्मान गर्दै बस्तुगत सहायता वितरण गरेको हो । कार्यक्रममा... पुरा पढ्नुहोस
औलमा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 1 महिना अगाडि
- १२ जेष्ठ २०७६, आईतवार
म्याग्दी, १२ जेठ । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा आइतवार वडा नम्बर ७ हिस्तानको... पुरा पढ्नुहोस
नेपाली काँग्रेसको थाकनपोखरीमा जागरण अभियान
- 6 बर्ष, 1 महिना अगाडि
- १२ जेष्ठ २०७६, आईतवार
म्याग्दी १२ जेठ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार बेनी नगरपालीका ६ थाकनपोखरीमा आमभेला सम्पन्न भएको छ ।जागरण अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा थाकनपोखरीमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापती माधव रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा... पुरा पढ्नुहोस
‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- १२ जेष्ठ २०७६, आईतवार
कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस
दरबाङमा आधारभुत पत्रकारीता तालिम सम्पन्न (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
म्याग्दी ११ जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा शनिवार दुई दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सञ्चालित तालिममा गाउँपालिकाको ७ वटै वडाबाट ३५ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण... पुरा पढ्नुहोस