बेनी बजारको ब्यवसाय प्रर्वद्धनका लागि ब्यावसायीविच छलफल

  • १३ भाद्र २०७६, शुक्रबार
  • 1481 पटक पढिएको

 

म्याग्दी, १३ भदौँ । सदरमुकाम बेनी बजारको ब्यवसायको प्रर्वद्धन र विस्तारका लागि होटल, फेन्सी, यातायात, फेन्सी र खाद्यान्न ब्यावसायीहरु विच छलफल गरिएको छ। म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनी बजारको ब्यवसायीक क्षेत्रको प्रर्वद्धनका लागि बजारबासी र सरोकारवालाहरुको भूमिकाबारे छलफल गरिएको हो ।


छलफलमा उपस्थित ब्यवासायीहरुले सदरमुकाम बेनीको ब्यावसाय समन्वय अभावमा कमजोर भएको बताउदै बेनीबजारको अस्तित्व जोगाउन नगरपालिका, सरोकारवाला, संघ र ब्यवसायीविच समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।


छलफलमा बोल्ने बक्ताहरुले ब्यवसायको सुरक्षा, सडक यातायातलाई ब्यवस्थित पार्किङ, सडकबत्ती, एतिहासिक सम्पदाको पार्किङ, स्थानीय उत्पादनलाई प्राथमिकता, गुणस्तर सामानहरु विक्रिमा सुधार तथा ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष उत्तम कर्माचार्य, बेनी नगरपालिका वडा नम्वर ७ र ८ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, निर्वतमान अध्यक्ष, जीवनकुमार विश्वकर्मा, पुर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ लगायतको उपस्थितमा छलफल गरिएको थियो ।