ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन (फोटो फिचर)

  • १४ भाद्र २०७६, शनिबार
  • 2289 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

अधिबेशनबाट प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम, द्धितिय उपाध्यक्षमा खम थापा मगर, सचिबमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा बिनय श्रेष्ठ, सह–सचिबमा सन्दिप खत्री, सह–कोषाध्यक्षमा नरेश श्रेष्ठ रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा दिपक श्रेष्ठ, सचिन कुमार चौधरी, सन्तोष गौतम, डिलकुमारी पुन, कृष्णबहादुर जिसी र डकबहादुर रोका रहनुभएको छ ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका राजकुमार थापाले सपथ ग्रहण गराउनभुएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाक्यले गरिब तथा विपन्न व्यक्तिहरुको उपचारमा सघाउँदै आएको ओमकुमारी शान्ति कोषलाई अझ बढी प्रभाबकारी बनाउने र रु १ करोड ५० लाखको अक्षयकोष निर्माणलाई निकट भविश्यमै पूर्णता दिन थप सक्रिय भएर अभियानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
अधिवेशनको प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहका अवसरमा संस्थाका संरक्षक सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको थियो । हाईपो प्लाष्टिीक एनिमिया रोगका कारण दिवंगत भएकी बेनपा– ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतीमा स्थापित कोषले अहिलेसम्म १ सय २९ जनाको उपचारमा आर्थिक सहयोग गरिसकेको छ भने विपन्नको उपचारमा सघाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीहरुबाट सहयोग संकलन गरि अक्षयकोष स्थापना गर्न लागिएको छ ।