बेसाहारा वृद्धाको घर निर्माणका लागि सहयोग

  • १५ भाद्र २०७६, आईतवार
  • 1531 पटक पढिएको

 

बेनी, १५ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेसाहरा वृद्धालाई घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।बेनी नगरपालिका–१ रत्नेचौरकी हिरामती कामीको घर पुननिर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो ।

क्लवका अध्यक्ष नरेश श्रेष्ठ लगायत पदाधीकारीहरुले शनिबार बेनीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत वडा अध्यक्ष टेकबहादुर रावललाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

परिवारमा कोही पनि सदस्य र आफन्त नभएकी हिरामती रत्नेचौरको उपल्लाचौरमा जिर्ण घरमा बस्दै आउनुभएको छ । गाईबाख्रासँगै असहज रुपमा बस्दै आएकी कामीको घर पुननिर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको छ ।