ओमकुमारी शान्ति कोषद्धारा १ सय २९ जना विरामीको उपचारमा सहयोग

  • १४ भाद्र २०७६, शनिबार
  • धिरन खत्री
  • 2046 पटक पढिएको

 

म्याग्दी, १४ भदौँ । ओमकुमारी शान्ति कोषले हालसम्म १ सय २९ जना विरामीको उपचारमा सहयोग गरेको छ । शनिबार बेनीमा भएको कोषको पाचाँै साधारण सभा तथा तेस्रो अधिवेशनमा १सय २९ जना विरामीहरुको लागि १ करोड ८९ लाख ८२ हजार ८४७ रुपैयाँ आर्थिक संकलन गर्दै उपचारमा सहयोग गरिएको जानकारी गराएका हुन् ।


प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले कार्यक्रमको उदघाटन गर्दै सामाजिक सेवामा गरिएको कामलााई निरन्तरता दिन कोषलाई आग्रह गरेका थिए। उनले पारर्दशितालेनै संस्थाको प्रगतिमा सहयोग गरेको बताउदै आगामी दिनमा निष्पक्ष रुपमा संस्थालाई निरन्तर अघि बढाउन शुभकामना दिएका थिए । उनले जिल्लाका गरिव र विपन्न परिवारका मानिसहरुको जीवन रक्षाका निरन्तर सहयोगमा राजनीति, भुगोल, जातजाति र धर्मलाई नहेर्न सुझाव दिएका थिए ।


शान्ति कोषको आजिवन सदस्यमा ६ सय ८५ जना रहेका छन् । भने संरक्षक सदस्यमा ३५ जना छन् । १ करोड ५० लाखको मूल अक्षकोष स्थापनका लागि हालसम्म कोषमा ८४ लाख ४९ हजार पाचँसय ३२ रुपैया जम्मा भएको सचिव लोकेश पुनमगरले जानकारी दिएका थिए ।


कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका गरिव तथा विपन्न मानिसहरुको उपचारको जिम्मा राज्यको भएपनि सहज प्रक्रियाका कारण विरामीहरु संघसंस्थामा सहयोग माग्न जाने गरेको बताए । उनले कोषको परोपकारी कामलाई प्रारर्दशितामा रुपमा अघि बढाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


त्यस्तै संविधान सभाका सदस्यद्धय गोविन्द्र पौडेल र नवराज शर्माले विरामीहरुको उपचारमा सहयोगको लागि नीति नियम प्रष्ट बनाएर अघि बढ्न कोषलाई सुझाव दिएका थिए । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली काग्रेसका सचिव मिनबहादुर कार्की, राप्रपाका अध्यक्ष विरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी कोषका संरक्षक सदस्य प्रदीप थापामगर, पत्रकार घनश्याम खड्का कोषको कामलाई निरन्तरताको शुभकामना मन्तव्य राखेका थिए ।


त्यस्तै कार्यक्रममा सफल कलेजो प्रत्यारोपण गरिएकी शियाना रन्तिजाको उपस्थित भएको थियो । कार्यक्रममा कलेजो दान गर्ने चन्द्रकुमार केसी र जिल्लाका क्रियाशिल पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै उज्योलो बैकल्पीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।


कार्यक्रममा कोषका संरक्षक सदस्य र आजिवन सदस्यहरुलाई सदस्य वितरण तथा सम्मान गरिएको थियो । कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतको स्वागत मन्तव्य, सचिव लोकेशपुनमगरको संचालन तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष खम थापामगरको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l