म्याग्दी समाचार

म्याग्दीमा साताव्यापि कार्यक्रम गरि लागुऔषध दुरुपयोग विरुद्धको दिवस मनाईदै

म्याग्दी ४ असार । लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस म्याग्दीमा साताव्यापि कार्यक्रम आयोजना गरि मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको दिवस मुल समारोह समितिको बैठकले जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापि जनचेतनामुलक कार्यक्रम गरि मनाउने... पुरा पढ्नुहोस

४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

  दरवाङ ४ असार । मालिका गाउँपालिका–६ दरवाङका ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ ।वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार तीन हजार पाँच सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए... पुरा पढ्नुहोस

बुबा आमाको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी, ४ असार । एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि... पुरा पढ्नुहोस

केरावाला किसान, एउटै घारीमा ४ सय ८२ कोसा ! (फोटो कथा)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक हिलसाइडका मनवीर किसान आफ्नो बारीमा एउटै घारीमा फलेको आफु भन्दा अग्लो केराको घारी देखाउँदै । ४८२ वटा कोसा फलेको यस घारीलाई विक्रि गरि किसानले ३ हजार ६ सय आम्दानी गरेका छन् । स्थानीय रुपमा हजारे जातको रुपमा चिनिने यस जातको केराको कोसा... पुरा पढ्नुहोस

मंगलाका अधिकांश योजना सम्पन्न

  बाबियाचौर ४ असार । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षको एघार महिनामा ७५ प्रतिशत योजना सम्पन्न भएको र साठी प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिको जनाएको छ । सूचना अधिकारी तथा कार्यकारी सचिव राजेन्द्र आचार्यले ३२ करोड... पुरा पढ्नुहोस

सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण

म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा शैक्षिक बर्ष २०७५ को पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ। मंगलबार आयोजना गरिएको कार्यक्रमका अवसरमा १ देखि ५ सम्म प्रथम दिप्तृय, तृतिय हुन विद्यार्थी, अनुशासित, सर्वोउतकृष्ट नम्वर, सरसफाई, विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको... पुरा पढ्नुहोस

दरवाङमा नेकपाको सपथ

म्याग्दी, ३ असार । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्ष अनुप गौचनको... पुरा पढ्नुहोस

मंगलाका कृषकलाई मिनिटिलर मर्मत तालिम

  बाबियाचौर ३ असार । मंगला गाउँपालिकाको बाबियाचौरमा मंगलबारदेखि खेतबारी जोत्न प्रयोग हुने हाते ट्याक्टर (मिनिटिलर हलो) मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई मिनिटिलर हलो मर्मतका... पुरा पढ्नुहोस

गाउँका पसलमा छ्याप छयाप्ती म्याद नाघेका सामान

म्याग्दी ३ असार । म्याग्दीका ग्रामिण क्षेत्रका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामान भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनका क्रममा ग्रामिण क्षेत्रका पसलहरुमा म्याद नाघेका खाद्य र पेय पदार्थ बिक्री हुने गरेको भेटिएको हो ।म्याग्दीका छ वटै स्थानीय तहमा सोमबार एकैपटक बजार अनुगमन भएको थियो । जेठ... पुरा पढ्नुहोस

सहजकर्तालाई क्षमता अभिवृद्धि तालिम

मुना ३ असार । धवलागिरी गाउँपालिकाको मुनामा बालविकास सहजकर्ताहरुका लागि दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक परियोजना अन्तरगत संगम म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २० वटा विद्यालयका २० जना सहजकर्ता शिक्षिकाहरुको सहभागिता रहेको थियो । सामुदायिक विद्यालयमा... पुरा पढ्नुहोस