स्थानीय तहको बार्षिक प्रगति समिक्षा

  • २२ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1505 पटक पढिएको

 

म्याग्दी, २२ असार । म्याग्दीका ६ स्थानीय तहको बार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति आयोजनामा जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल लगायतको उपस्थितमा आईतबार पालिकाको बार्षिक प्रगतिको समिक्षा गरिएको हो । बजेट कार्यान्वयन सन्तोषजनक भएपनि बजेट टुक्रे योजनामा सिमित हुदाँ दिगो पुर्वाधारको लक्ष पुरा नहुने सरोकारहरुले चिन्ता गरेका छन् । जिसस प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा आईतबार भएको बार्षिक समिक्षा बैठकमा पञ्चबर्षिय योजना अनुसार दिगो पुर्वाधार लक्ष भेटाउन थोरै योजना छनोट गर्दै बजेट र स्रोतसाधान परिचालन गनुपर्नेमा राजनीतिक दलहरुले आग्रह गरेका थिए ।


स्थानीय तहको जनप्रतिनिधि निर्वाचित भएको ३ बर्ष पुग्दापनि एक पालिकाले हरेक बर्ष एकसय भन्दा बढी टुक्रे योजना निर्माण गरेर सडक क्षेत्रमा प्राथमिकता दिएर विकास काम गर्दा दिगो पुर्वाधार भन्दा विनाश र जोखिम बढेको ध्यानाकर्षण गराएका थिए ।


समिक्षामा ६ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतले बार्षिक रुपमा आर्थिक सामाजिक, पुर्वाधार लगायतको चालु र पुजीगत खर्चमा भएको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा प्रदेश सांसद विनोद केसीले स्थानीय तहको पुजीगत र चालुतर्फको खर्च अवस्था हेर्दा असार मसान्तसम्म ७० प्रतिशत हुने देखिएको बताए । उनले कोरना भाईरसले स्थानीय तहलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताउदै ब्यवसायिक कृषि तथा पशुपालन, सडक स्वास्थ्य चौकी तथा अस्पताल निर्माण र शिक्षामा ध्यान आग्रह गरेका थिए । प्रदेश सरकार नीति तथा कार्यक्रम र कानुनमा केन्द्रित हुदाँ बजेट कार्यान्वयन चरण न्यून हुदाँ आर्थिक मसान्तसम्म ५० प्रतिशत भन्दा बढी नहुने अवस्था सिर्जना भएको जानकारी दिए ।
उनले आफ्नो क्षेत्रको गौरवको आयोजना गुणस्तर रुपमा कार्यान्वयन विभिन्न ठाउँमा ध्यानाकर्षण गराउने भूमिका स्थानीय तहको हुने बताए । समय अुनसार प्रविधि प्रयोग गरेर प्रदेश र संघमा आवश्यक योजनामा बजेट माग्न समेत स्थानीय तहलाई आग्रह गरेका थिए ।

हिउदँमा बजेट खर्च गरेको सडक बर्खामा उस्तै हुदाँ जनताको भनाई खान बाध्य भएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए । उनले पुर्वाधार क्षेत्रमा रहेको बजेट सही रुपमा सदुपयोग हुन नसकेको गुनासो राखेका थिए तिन तहको समन्वययात्मक भूमिका कम हुदाँ स्थानीय तहले प्रदेश र संघबाट आएको योजना र कार्यान्वयन अवस्था थाहा नहुने अवस्था सिर्जना भएको बताउदै समन्वयात्मक भूमिका निर्वाह गर्न प्रदेश र संघका सांसदलाई मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आग्रह गरेका थिए ।


अन्नपुर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाविस हुदाँ १५ देखि २० लाख बजेट आउदाँ पनि उस्तै स्थानीय तहअनुसार करोड भन्दा बढी बजेट वडामा आउदाँपनि उस्तै विकासको अवस्था भएको हुदाँ जनप्रतिनिधि माथि जनता अपेक्षा बढी भएको बताए । जनप्रतिनिधि र कर्मचारीले काम गर्ने कार्यशैली परिवर्तन र समयअनुरुप योजना छनोट ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको बताए । त्यस्तै मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भुगोलअनुसार योजना छनोट नहुदाँ स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरुले अपेक्षाकृत रुपमा उपलब्धी नभएको बताए । त्यस्तै रघुगंगा गाउपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको प्रशासकिय भवन बनाउनका लागि जग्गा उपलब्ध गराउने काम अन्तिम चरणमा पुगेको बताए । एक वडा एक गौरव योजना कार्यान्वयन भईरहेको बताए । त्यस्तै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भुगोलअनुसार योजना कार्यान्वयन सन्तोषजनक रहेको छ, जनताको सेवाप्रवाह र विकास योजना कार्यान्वयनमा भूगोलले जटिलता सिर्जना गरेको बताए । गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणमा लागि परेको छ, उनले भने ।

जिसस प्रमुख केसीले पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम जेठ असारमा लिने तर कार्यान्वयन चरण दोस्रा चौमासिकबाट सुरु गर्ने परिपाटी हुदाँ योजना कार्यान्वयनको समयसिमा तोकेर अघि बढ्न आग्रह गरेका थिए । टुक्रे योजनाहरुले जनतामा निराशा उत्पन्न गरेको बताउदै थोरै योजना निर्माण गरेर कार्यान्वयन प्रक्रिया उपलब्धीमूलक दिगो बनाउन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए । टुक्रे योजनाहरुभन्दा ब्यवसायिकन्मुख र दिगो पुर्वाधार विकास योजना प्राथमिकता दिएर अघि बढ्न स्थानीय तहलाई आग्रह गर्दै बजेट अुनसार थोरै योजना गुणस्तर कार्यान्वयनमा जोड दिन कर्मचारीलाई प्रजिअ ज्ञाननाथ ढकालले आग्रह गरेका थिए ।

विगत तिनबर्षदेखि टुक्रे योजनालाई प्राथमिकता दिएको पालिकाहरुले यस आर्थिक बर्षमा लगभग ६५ प्रतिशत प्रगति गरेका छन् । टुक्रे योजना अनुसार बजेट विनियोजन हुदाँ गुणस्तर रुपमा कार्यान्वयनमा चुनौती भएको मंगला गाउँपालिका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए ।

पालिकाका जनप्रतिनिधिलहरुले जनताका जनअपेक्षामा बृद्धि, स्रोतसाधन न्युन, भौगोलिक ब्यवस्थापनको चुनौती र निर्माण सामाग्री र दक्षजनशक्तिको अभाव र जनताको चेतनास्तर कमी हुदाँ बजेट कार्यान्वयन र योजना छनौटमा समस्या उत्पन्न देखिएको जनप्रतिनिधिहरुको धारणा थियो ।राजनीतिक दलतर्फबाट नेपाली काग्रेसका उपसभापति माधबप्रसाद रेग्मी र राप्रपाका अध्यक्ष विरबहादुर थापाले मन्तव्य राखेका थिए ।

जिसस सदस्य शेरबहादुर केसीको स्वागत, जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाद्धारा समिक्षा गोष्ठीको उद्देश्य राखेको कार्यक्रमको संचालन शाखा अधिकृत गोविन्द सुनारले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l