बेनी नगरपालिकाको साढे ५८ करोड रुपैयाको बजेट पारित

  • १८ असार २०७७, बिहीबार
  • धिरन खत्री
  • 1114 पटक पढिएको

म्याग्दी, १८ असार । बेनी नगरपालिकाले  आगामी आर्थिक वर्ष २०७७/७८ काे साढे ५८ करोड रुपैया बजेट पारित गरेको छ । यही असार १० गते सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट विहिबार बसेको नगरसभाले पारित गरेको हो । आगामी आर्थिक बर्षको प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई नगरसभामा मेयर हरीकुमार श्रेष्ठले आर्थिक र विनियोजन विद्येयक प्रस्तुत गर्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो ।

नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ १९ करोड ४० लाख रुपैया रहेको छ । आन्तरिक आयतर्फ ४ करोड तीन लाख २५ हजार, वित्तिय समानिकरण अनुदानमा संघिय सरकारबाट १२ करोड ४ लाख, राजश्व बाँडफाँड अन्तरगत संघिय सरकारबाट आठ करोड ३ लाख १९ हजार २६४ रुपैया, विशेष अनुदानतर्फ १ करोड ३० लाख, समपुरक अनुदामा पुँजिगततर्फ १ करोड १२ लाख, संघिय सरकारबाट ससर्त अनुदानमा २८ करोड १२ लाख रुपैया बजेट रहेको छ । भने प्रदेश सरकार अन्तरगत ससर्त अनुदानतर्फ १ करोड रहेको छ।


त्सस्तै नगरपालिकाले बजेट अन्तरगतबाट आर्थिक विकासतर्फ १ करोड २५ लाख, सामाजिक विकासतर्फ १ करोड ८६ लाख, पुर्वाधारतर्फ ५ करोड १५ लाख, बन तथा विपद ब्यवस्थापन तर्फ ९० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३७ लाख विनियोजन गरेको छ । वडातर्फ १, ४, ६ र १० लाई प्रतिवडा ५५ लाख रुपैया दरले बजेट विनियोजन, २, ३, ५, र ९ लाई प्रतिवडा ६० लाखका दरले बजेट विनियोजन र वडानम्वर ७ र ८ लाई प्रतिवडा ५० लाखको दरले बजेट विनियोजन भएको उपमेयर बरुवालले प्रस्तुत नीति तथा बजेट कार्यक्रममा रहेको छ ।

वडा सदस्यहरुले नीति अनुसार कार्यक्रम नमिलेको, विकास योजनाहरुमा अनुगमन फितलो, महिला लक्षित, दलित र अपागंको बजेट कार्यान्वयनमा जोड नदिएको र सेवाप्रवाहमा फितलो भएको गुनासो राखेका थिए । अनावश्यक क्षेत्रमा भत्ताका लागि बजेट विनियोजन भएको ध्यानाकर्षण गराउदै सच्याउन माग गरेका थिए ।

पुर्वाधारतर्फका योजनाहरुलाई प्रभावकारी कार्यान्वयनमा जोड, कोरना भाईरसको नियन्त्रण, सार्वजनिक सेवाप्रवाहलाई सहज र प्रभावकारी बनाउने तर्फ ध्यान दिएर नीति तथा बजेट अनुसार अर्थ र विनियोजन विद्येयक नगरप्रमुख हरिकुमार श्रेष्ठले नगरसभामा पारित गरेका थिए । उपमेयर सञ्जु बरुवालले विकास योजनाहरु स्थलगत रुपमा अनुगमन गरिएको जानकारी दिदै ५ लाख भन्दा बजेट भएको योजना वडाबाट र त्यहाँ भन्दा माथि बजेट भएको योजना नगरपालिकाले अनुगमन गर्दै प्रमाणिकरण गरेको बताईन ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जनताले पाउने सार्वजनकि सेवाप्रवाहमा छिटो छरितो गर्दै योजनाहरु समयमै सम्झौता गरेर कार्यान्वयनमा जोड गरिने बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l