जुवाखालबाट सातजना जुवाडे प्रहरीको नियन्त्रणमा (नामसहित)

  • १८ असार २०७७, बिहीबार
  • 1497 पटक पढिएको

म्याग्दी, १८ असार । म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित कालीपुलबाट जुवा खेल्दै गरेको अवस्थामा बुधबार साझँ प्रहरीले नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।


जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री, गंगाप्रसाद शेरचन, सुजन अधिकारी, विपिन खड्का र राजु कँडेलसहित सातजना नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट दुई लाख २९ हजार १४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । ठूलो रकम बरामद भएको जुवाखालबाट नियन्त्रणमा रहेका उनिहरुलाई मुलुकी अपराध संहिता अन्तरगत मुद्दा चलाइने प्रनाउ कुँवरले बताए ।