बोयर बाख्रा पालनमा तोरीपानीका आनन्द रिजाल

  • १८ असार २०७७, बिहीबार
  • धिरन खत्री
  • 2893 पटक पढिएको

 

म्याग्दी, १८ असार । बेनी नगरपालिका ९ तोरीपानी आनन्द रिजालले विगत ३ बर्षदेखि उन्नत जातका बोयर बाख्रा पालन गर्दै आएका छन् । २०७० सालदेखि स्थानीय जातका बाख्रा पालनबाट कम आम्दानी भएपछि रिजालले नेपाली बजारमा भएको माग अनुसार बोयर बाख्रालाई मध्यनजर गर्दै ३ बर्षअघि अस्टेलियाबाट ३ वटा बोयर पाठा लिएर पालन सुरु गरेका थिए ।


ब्यक्तिगत लगानीमा सुरुवात गरेको धौलागिरी ब्यवसायिक बाख्रापालन बोयर मोडल फार्मबाट संचालन गरेको फर्ममा अहिल्य ३० वटा बोयर बाख्रा र पाठापाठी छन् । अघिल्लो बर्ष २ लाख ९० हजारमा बोको बेचे भने, २ लाख ५० हजार धादिङ जिल्लाबाट बोयर बाख्रा बोका खरिद गरेर फर्म लिएका छन् । बोयर बाख्रापालनबाट अघिल्लो बर्ष २०÷२२ वटा पाठापाठी बेचेर २० लाखको ब्यापार गरेको रिजालले बताए । यसबर्षपनि विभिन्न जिल्लाबाट बोयर बोका र पाठाहरुको माग भएको र कोरना र लगडाउनले रोकिएको बताए । बोयर जातको पाठालाई १ लाखसम्म विक्रि हुदै आएको छ ।


उन्नत जातका बाखा्रपालन ब्यवसायलाई ब्यवस्थित बनाउन कृषि ज्ञान केन्द्र म्याग्दीले गतबर्ष सिचाई ट्यांकी बनाउन २ लाख ८४ हजार रुपैया अनुदान, पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय पोखराबाट २ लाख ५० हजार र बेनी नगरपालिका ९ वडा कार्यालयबाट प्रजनन बोका खरिदमा दुईलाख अनुदान समेत पाएको जानकारी दिए ।

स्थानीय स्रोतसाधन प्रयोग गरेर घरवरिपरीको जग्गामा बोयर बाख्रापालनमा रिजाल सन्तुष्ट छन् । लामो कद, छोटो समयमै धेरै तौल हुनेभएकोले विक्रिको लागि मात्र नभएर मासु उत्पादनमा गरेर विक्रिबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । नेपालमा मासुमा आत्मनिर्भर बनाउन ब्यवसायिक रुपमा स्थानीय जातका बाख्रासंगै बोयर क्रस बाख्रापालन गर्न आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l