धुविचौर बस्ती पहिरोको जोखिममा

  • १९ असार २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1975 पटक पढिएको

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलमा रहेको धुविचौर बस्तीमा ४ घर पहिरोको उच्च जोखिममा परेको छ । विकास निर्माणमासंगै रिटनिङ पर्खाल नलगाउदाँ र अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा धुविचौरको बस्ती जोखिममा परेको हो ।


धुवीचौरका स्थानीय बासी अविनाश शिलाधरले पहिरोको उच्च जोखिममा तत्काल ४ घर रहको बताए । उनले पानी परेपछि घरमा बस्न छाडेका छौ, घर र आगनको गारो चर्किएको बाटो लच्किएको हुदाँ तत्काल जोखिम न्युनिकरण गर्न आवश्यक पहलमा स्थानीय सरकार लाग्न आग्रह गरेका छन् ।


भू तथा जलाधार ब्यवस्थापन कार्यालया सहायक भू– संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बस्ती निरिक्षण गर्दा भूमिगत पानी, भिरालो जमिन, माटोको गहिरोपन बढी हुनु भलबाढी अब्यवस्थित हुर्दा पहिरोको जोखिमा परेको बताए । उनले बस्ती जोगाउन तत्काल रिटनिङ वाल आवश्यक देखिएको बताउदै ४० थान ग्याविन जाली उपलब्ध गराएको जानकारी दिए ।

पहिरोको जोखिममा परेको बस्तीलाई संरक्षण गर्न जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको समन्वयमा विपत ब्यवस्थापनको तयारी गर्दै बस्ती जोगाउन चिराचिरा परेको जमिनमा पानी नपर्न ४ थान पाल र भल तर्काउन खानेपानी कार्यालयबाट १सय ७० मिटर पाईप उपलब्ध गराएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए । त्यस्तै घर भल तत्काउन गाउँपालिकाले पाईपपनि उपलब्ध गराएको थियो । वडा अध्यक्ष कटुवालले पहिरो नियन्त्रण तत्काल गर्न नसकेमा माथिल्लो बस्तीसंगै तल्लो बस्तीमा पुर्ण रुपमा असर गर्ने बताउदै यसको नियन्त्रण लागि पहल भएको जानकारी दिए ।

बस्तीको निरिक्षण गर्दै जिसस प्रमुख केसीले पहिरो जोखिमबाट बस्ती जोगाउन पुर्वाधार निर्माण तथा भलबाढी नियन्त्रणमा तत्काल गर्नुपर्ने देखिएको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l