देउपुर्णमा ब्यवस्थीत शान्ते खेलकुद मैदान निर्माण

  • १९ असार २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1827 पटक पढिएको

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु देउपुर्णमा ब्यवस्थित शान्ते खेलकुद मैदान निर्माण गरिएको छ । प्रदेश सांसद विनोद केसीले निर्वाचन पुर्वाधार विकास क्षेत्र अन्तरगत सांसद कोषबाट विनियोजित बजेट र स्थानीयको जनश्रमदान मार्फत ब्यवस्थित रुपमा पर्खालसहितको घेराबार निर्माण गरेर खेलकुद मैदान निर्माण गरिएको हो ।


सांसद केसीद्धारा विनियोजित १० लाख रुपैयाँ बजेट र स्थानीयको ५ लाख जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको शान्ते खेलकुद मैदान निर्माण गरिएको समितिका अध्यक्ष क्षेत्रबहादुर भण्डारीले बताए । उनले ब्यवस्थित खेलकुद निर्माणमा बजेट विनियोजन गर्ने प्रदेश सांसद विनोद केसीलाई धन्यवाद दिएका थिए ।


एकसय मिटर लम्वाई र २५ मिटर चौडाई भएको फराकिलो खेलकुद मैदान निर्माण प्रश्चात एकसय घरधुरी लाभान्वित हुने खरिटोल सुधार समितिका संयोजक नरबहादुर भण्डारीले बताए । खेलकुद मैदान निर्माण प्रश्चात युवाहरुलाई खेलकु अभ्यासमा सहज, टोलसुधार आमासमहुको विभिन्न कार्यक्रम तथा बैठक राख्न सहज हुने संयोजक भण्डारीले बताउनुभयो । उनले गाउँका युवाहरु कुलतबाट जोगाएर बास्केटबल, भलिबल लगायतको खेलकुद अभ्यास गराउने मुख्य उद्देश्य रहेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l