म्याग्दी समाचार

मालिकामा काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश

म्याग्दी १२ असोज । म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ८५ जना प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको... पुरा पढ्नुहोस

बेगखाेलामा पुल नहुँदा जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यता (भिडियो सहित)

म्याग्दी ११ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेवल पुल नहुँदा खोलामा जोखिमपूर्ण तवरले सवारी वारपार गराउनुपर्ने बाध्यता आएको छ । सवारी वारपारको लागि मोटरेवल पुल संगै सर्वसाधारण र यात्रुहरु वारपार गर्ने झोलुङ्गे पुल नहुँदा सर्वसाधारण र यात्रुहरुले सास्ती खेपिरहेका छन् । https://www.youtube.com/watch?v=zSFNN5mM2r4 मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग... पुरा पढ्नुहोस

म्याग्दीका ओमप्रसाद पुर्जाको परिवारबाट कन्या माध्यमिकमा रु ५ लाख बढीको अक्षयकोष

म्याग्दी ११ असोज । पोखराको नदिपुरमा रहेको कन्या माध्यमिक विद्यालयलाई म्याग्दीका ओमप्रसाद पुर्जा पुनको परिवारले रु ५ लाख बढीको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्ना दिवंगत बुबा गंगाराम र आमा बनिसाराको स्मृतिमा रघुगंगा गाउँपालिका–१ बाँदुक घर भई हाल पोखरा नदिपुर बसोबास गर्दै आउनुभएका ओमप्रसाद र उहाँकी धर्मपत्नी मधुमायाँ पुर्जा पुनले... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङका कृषकलाई ९ करोड बजेट

म्याग्दी, ११ असोज । म्याग्दी मुस्ताङका कृषकलाई ९ करोड १७ लाख ७८ लाख रुपैया बजेट रहेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले संचारकर्मीहरुको उपस्थितमा सो बजेटर रहेको जानकारी दिएका हुन् । कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाझो जमिनमा ब्यवसायिक... पुरा पढ्नुहोस

जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–६ आरबाङमा रहेको जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय नाखे गुरुङले आफ्नो धर्मपत्नी लालमती गुरुङको स्मृतिमा रु १ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । त्यसैगरि गत असार २५ गते रातीको पहिरोमा आफन्त गुमाएका दुई घरपरिवारले समेत आफ्ना दिवंगत... पुरा पढ्नुहोस

धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघद्धारा टेन्ट र जस्तापाता सहयोग

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ । पहिरोले विस्थापित जिवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रधान, केदारमान सिंह, निर्मल श्रेष्ठमार्फत मोना अन्तराष्ट्रियका प्रमुख संरक्षक चक्रबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

मगर संघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु (भिडियो सहित)

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो । https://www.youtube.com/watch?v=AvLTN5VWMuQ   शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न... पुरा पढ्नुहोस

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल चयन

म्याग्दी १० असोज । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयन हुनुभएको छ । शनिवार बेनीमा भएको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका युवा व्यवसायी रकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक्षमा यामनाथ... पुरा पढ्नुहोस

कोरना नियन्त्रण तथा ब्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च

म्याग्दी, १० असोज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिकासहित ५ वटा गाउपालिकाको आर्थिक वर्ष २०७६र७७ मा तीन करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य... पुरा पढ्नुहोस

जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा अपांगता भएका दर्जीलाई आर्थिक सहयोग

म्याग्दी १० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले अपांगता भएका एक युवालाई आर्थिक सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले रघुगंगा–३ कलेजाबाङका अपांगता भएका युवा रामु दर्जीलाई रु १० हजार सहयोग गर्नुभएको हो । रुखबाट खसेर कम्मरदेखि... पुरा पढ्नुहोस