म्याग्दी समाचार

विद्यार्थीलाई जाडोमा लगाउने स्विटर वितरण, मिर्गौला पिडित परियारलाई १० हजार हस्तान्तरण (तस्बिर सहित)

म्याग्दी १९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बुजबुजे स्थित देउराली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । साझापानी घर भई हाल अमेरिकामा रहनुभएका शेरबहादुर भण्डारी (किसान) र ज्ञानु भण्डारीको घरपरिवारले विद्यालयमा अध्ययतरत ६७ जना विद्यार्थीहरुलाई स्विटर सहयोग गर्नुभएको हो । भण्डारीको घरपरिवारबाट विहिवार एक कार्यक्रमका बिच... पुरा पढ्नुहोस

म्याग्दीमा प्रेस संगठनको नेतृत्व चयन

  म्याग्दी,१९ मंसिर । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा, धिरन... पुरा पढ्नुहोस

मुस्ताङमा एक भारतीय पर्यटकको मृत्यु

 मुस्ताङ, १८ मंसिर । मुस्ताङमा एक भारतीय पर्यटकको अल्टिट्युड सिक्नेसका कारण मृत्यु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको होटलमै मृत्यु भएको हो । अपरान्ह सवा एक बजे नाडुको लेक लागेर मृत्यु भएको जनाइएको छ । मृतकको स्थायी ठेगाना भारतको छत्तीसगण... पुरा पढ्नुहोस

धान काट्न मेसिन, दाँइ गर्ने गोरु

धिरन खत्री म्याग्दी, १८ मंसिर । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका हुन् ।मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका भिमबहादुर बुढाथोकीले... पुरा पढ्नुहोस

बालाचतुर्दशी मेलाः पुरुष भलिबलमा गलेश्वर युवा क्लब बिजयी (फोटो फिचर)

म्याग्दी १७ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बालाचतुर्दशी पर्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक गलेश्वर शिव युवा क्लब नै बिजयी भएको छ । मंगलवार भएको फाईनल खेलमा हरिचौर बागलुङको टीमलाई सोझो तीन सेटमा हराउँदै आयोजक बिजयी हुन सफल भएको हो । गत बर्षको पुरुष भलिबलमा गलेश्वरलाई फाइनलमा हराउँदै... पुरा पढ्नुहोस

२८ औँ अपाङ्गता दिवसमा विविध कार्यक्रम

म्याग्दी १७ मंसिर । जिल्लामा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ अपाङ्गता दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा “पहुँचयोग्य भविश्य, बनाउनेछौ अवश्य” भन्ने रहेको छ । स्थानीय तहको सहयोगमा अपांग संघ, सञ्जाल लगायत विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सहयोगी सामग्री वितरण लगायत कार्यक्रमको आयोजना गरेर... पुरा पढ्नुहोस

शिख माविलाई झण्डा अड्याउने स्ट्याण्ड र युरोगार्ड उपहार

  सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविलाई चन्दादाताहरूले झण्डा अड्याउने स्ट्याण्ड सहित युरोगार्ड उपहार दिएका छन् । शिखबासी तथा हाल पोखरा निवासी चन्दादाता पेस बहादुर पाइजाले झण्डा अड्याउने ६ वटा पोल, झण्डाहरू, गमलाहरू र युरोगार्ड पाइप विद्यालयलाई उपलब्ध गराएका हुन् । उनले ७८... पुरा पढ्नुहोस

शिख माविको ६५ औं बार्षिकोत्सव सम्पन्न

  सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले ६५ औँ बार्षिकउत्सव विविध कार्यक्रम गर्दै सोमबार मनाएको छ। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मीन बहादुर बुदुजाका अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर गर्वुजा पुनले गरेका थिए । विद्यालयको बार्षित गतिविधि प्रस्तुती तथा... पुरा पढ्नुहोस

लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस

गौमहोत्सवको तयारी तिब्र : प्रचार प्रसार संगै ३५ वटा उपसमिति गठन

म्याग्दी १६ मंसिर । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो । समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएको महोत्सव... पुरा पढ्नुहोस