२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

  • १४ बैशाख २०७८, मंगलवार
  • 1011 पटक पढिएको

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ।  यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।