रोमानियामा मोना गठन, अध्यक्षमा कुवर चयन

  • २० बैशाख २०७८, सोमबार
  • 1652 पटक पढिएको

म्याग्दी २० वैशाख । प्रवासमा रहेका म्याग्देलीहरु संगठित  हुनेक्रम बढेको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) मार्फत संगठित हुने क्रममा रोमानियामा रहेका म्याग्देलीहरु समेत संगठित भएका छन् । बिजय कुवरको अध्यक्षमा मोना रोमानिया गठन गरिएको हो ।

संस्थाको बरिष्ठ उपाध्यक्षमा डेनिस थापा,उपाध्यक्ष हिमाल सेरपुन्जा , महासचिव अजय कुमार श्रेष्ठ, सचिब सेन्स पुर्जा,कोषाध्यक्षमा दिल प्रसाद गर्बुजा र सह–कोषाध्यक्षमा गोबिन्द बरुबाल चयन भएका छन् । सदस्यहरुमा धन तिलिजा, भबिन गुरुङ, किरण कडेल , भगवान जि सि, जीवन के सी, खिम ब रोका, लिल ब कर्की, मुक्त महासंकर, ओम पुन, याम माया घर्ती मगर, सुरज भन्डारी, तारा ब पुर्जा, चित्र मान छन्त्याल, बेल ब परियार रहेका छन् । समितिको सल्लाहकारमा मन सेरपुन्जा र कवि रोकालाई चयन गरिएको छ ।