म्याग्दीमा कोरोना संक्रमणकाे ग्राफ बढ्यो, एकैदिन थपिए २३ जना संक्रमित

  • १९ बैशाख २०७८, आईतवार
  • 1066 पटक पढिएको

म्याग्दी १९ वैशाख । म्याग्दीमा कोरोना संक्रमितको सख्ंया ह्वात्तै बढेको छ । गण्डकी प्रदेशमा तुलनात्मक रुपमा कोरोना संक्रमितको सख्ंया बढ्नेमा म्याग्दी पनि अग्रपंतीमा देखिएको छ । आईतवार प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको संक्रमितको तथ्याङ्कमा म्याग्दीमा २३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्यमा कोरोनाको लक्षण देखिएका विरामिहरु उपचारको लागि आउँदा बेनी अस्पताल परिसरबाट कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथामको लागि समेत आबश्यक तयारीलाई तिब्रता दिईएको छ ।

यद्यपी कोरोना संक्रमितलाई कहाँ र कसरी आइसोलेसनमा राख्ने भन्ने बारेमा अहिलेसम्म तयारी पुगेको छैन् । बेनीमा बेनी अस्पताल परिसरमै कोरोना पोजेटिभहरुको उपचारको लागि २० वेड क्षमताको कोभिड अस्पताल निर्माण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा स्वाब संकलन गरि पठाईएको सख्ंयामा अधिकाँशलाई पोजेटिभ आउन थालेकाले समुदाय स्तरमा कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्ने, संक्रमित आइसोलेसनमा बस्ने जस्ता कुराहरुलाई पूर्ण रुपमा पालना गराउन तर्फ सबै सरोकारवालाहरु प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।