म्याग्दी समाचार

मुस्ताङका थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

बागलुङ १ माघ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना... पुरा पढ्नुहोस

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

म्याग्दी १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि... पुरा पढ्नुहोस

जिल्लास्तरीय समन्वयात्मक बैठकबाट २० बुदे घोषणापत्र जारी

  म्याग्दी, २९ पुष । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी... पुरा पढ्नुहोस

अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितिन

म्याग्दी, २८ पुस । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको को पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा... पुरा पढ्नुहोस

नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ: प्रचण्ड

पाेखरा । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले... पुरा पढ्नुहोस

म्याग्दी जेसिजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ

म्याग्दी, २८ पुस । म्याग्दी जेसिज वर्ष २१ को शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठ भएका छन् । म्याग्दी जेसिजको आइतबार सम्पन्न २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिको कार्यकारी वरिष्ठ कार्यकारी उपाध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष नरेश श्रेष्ठ, डेकमाया केसी, सुमन बानियाँ र विष्मा श्रेष्ठलाई निर्वाचित गरेका... पुरा पढ्नुहोस

कर्मचारी समयमै पूग्दैनन् कार्यालय

म्याग्दी,२६ पुष । बेनीबजारबाट सेवाप्रवाह दिएका संघ र प्रदेश अन्तरगतका कार्यालयमा छड्के अनुगमन गर्दा समयमै कार्यालयमा कर्मचारी उपस्थित नभएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आईतबार गरेको छड्के अनुगमनमा बढी कर्मचारी समयमै कार्यालयमा नपुगेको र पोशाक नलगाएको भेटिएको हो । प्रशासन कार्यालयबाट ५ टोलीबाट संघ र प्रदेशका २० कार्यालयहरु... पुरा पढ्नुहोस

छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

म्याग्दी, २५ पुस । बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ। कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो । छाडा कुकुरले... पुरा पढ्नुहोस

रघुगंगा ‘ऊर्जा खोला’को रुपमा रुपान्तरण हुँदै, ५ जलविद्युत आयोजना निर्माणको चरणमा

कमल खत्री बेनी २५ पुस । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी ‘ऊर्जा खोला’को रुपमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगंगा र यसमा मिसिन आउने अन्य सहायक खोलाहरुबाट करिब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्य सहित अहिले ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा सहयोग

म्याग्दी २४ पुस । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भइ हाल नर्बेमा रहनुभएकी गंगा लामगाडे (दिपिया)ले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । बालगृहमा रहेका १२ जना बालबालिकाहरुलाई उहाँले करिब रु १० हजार बराबरको... पुरा पढ्नुहोस