म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

  • २१ बैशाख २०७८, मंगलवार
  • 1001 पटक पढिएको

म्याग्दी २१ वैशाख । म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका बृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार, निजको श्रीमतीको समेत स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सदरमुकाम बेनी ल्याउने तयारी गरिएको छ । हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका मृतकका छोरामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।