म्याग्दी समाचार
निस्कोटबासीको नमुना कामः श्रमदानबाट पदमार्ग निर्माण गरि,योजनाको रकम विद्यालयलाई सहयोग
- 8 बर्ष, 7 महिना अगाडि
- २८ चैत्र २०७३, सोमबार
म्याग्दी, २८ चैत । सरकारी तवरबाट विनीयोजन हुने बजेट काम नै नगरि सक्ने प्रवृति मौलाईरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयले भने उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयले सरकारी बजेटको योजना श्रमदान मार्फत सम्पन्न गरि उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन् । चालु आर्थिक बर्षमा... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) बेनी नगर समितीको अध्यक्षमा केसी चयन
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित हुनुभएको छ । आईतवार बेनी नगरपालिका–४ सिंगामा सम्पन्न नेकपा (माओवादी केन्द्र)को प्रथम नगर सम्मेलनबाट सर्वसम्मत रुपमा केसी अध्यक्षमा चयन हुनुभएको हो । सम्मेलनबाट केन्द्रको नगर समितिको उपाध्यक्षमा विनोद केसी, सचिबमा कुशल पौडेल, सहसचिबमा ज्योती लामिछाने, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शाक्यले... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
बागलुङ, २७ चैत । नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला गलकोट नगरपालिका ७ मल्ममा आज सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि डिल बहादुर परियार निरन्तरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वाई सि एल गलकोट नगरपालिकाका अध्यक्ष धुव्र चोखाल, नेकपा माओवादी केन्द्र गलकोट नगर... पुरा पढ्नुहोस
माओवादी केन्द्रको मंगला गाउँपालिकाको वडा १मा कमिटि गठन
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी,२७ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तार अन्तर्गत मंगला गाउँपालिकाको स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा १ मा शनिवार वडा सम्मेलन गरेको छ । सम्मेलनले दिलबहादुर किसानको अध्यक्षतामा नया कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा केशव पुन, सचिवमा पृथिलाल बिक, सह–सचिवमा बलबहादुर... पुरा पढ्नुहोस
छन्त्याल संघलाई मलेसियामा रहेका मल्कबाङ्गका छन्त्यालद्धारा सहयोग
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । नेपाल छन्त्याल संघ केन्द्रिय समितिलाई म्याग्दीका एक युवाले आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको मल्कबाङ्ग घर भई हाल मलेसियामा रहनुभएका देवान (हिम) छन्त्यालले संघको संस्थागत विकासका लागि रु ५० हजार सहयोग गर्नुभएको हो । सहयोगदाता छन्त्याल म्याग्दीअनलाईन डटकमको संयोजक समेत हुनुहुन्छ । यो बर्षको गाउँमुखी कार्यक्रम... पुरा पढ्नुहोस
म्याग्दीमा स्थानीय चुनाबको सरगर्मी, उम्मेदवार बन्न युवाहरु आँकाक्षी
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २७ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी बढेको छ । जिल्लामा क्रिायाशिल, नेकपा एमाले, नेकपा (माओवादी केन्द), नेपाली काँग्रेस, राप्रपा लगायतका राजनीतिक दलहरुले चुनाबकेन्द्रित आम सभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनहरुलाई तिब्रता दिएका छन् । सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो... पुरा पढ्नुहोस
बेगखोलामा सात करोडको खानेपानी आयोजना
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
म्याग्दी, २६ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो । छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट,... पुरा पढ्नुहोस
मुस्ताङमा स्थानीय तहका लागि आकाँक्षी खुल्न थाले
- 8 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७३, आईतवार
मुस्ताङ, २७ चैत । कुल मतदाता संख्या करिव आठ हजारको मात्र रहेको मुस्ताङको आसन्न स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा जिल्लाका केहि गाउँपालिकामा रहेका राजनितिक दलका प्रतिनिधीहरु उम्मेदवारीका लागि प्रत्यक्ष— अप्रत्यक्ष रुपमा खुल्न थालेका छन् । प्रदेश नं. ४ धौलागिरी अञ्चलमा पर्ने हिमालपारी मुस्ताङमा अन्य जिल्ला जस्तो राजनितिक माहोल नतातिए पनि... पुरा पढ्नुहोस
म्याग्दीमा पुरुषभन्दा महिला मतदाता बढी
- 8 बर्ष, 7 महिना अगाडि
- २६ चैत्र २०७३, शनिबार
म्याग्दी, २६ चैत । म्याग्दीमा पूरुषभन्दा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अध्याबधिक भएको कुल ७१ हजार ४६३ मतदाता मध्ये ३७ हजार ६७२ जना महिला रहेका छन् । जिल्लामा ३३ हजार ७९० जना पुरुष र... पुरा पढ्नुहोस