बाबियाचौर बजारमा सरसफाई

  • २३ जेष्ठ २०७४, मंगलवार
  • 1377 पटक पढिएको

म्याग्दी,२३ जेठ । मंगला गाउँपालीका २ बाबियाचौर बजारमा मंगलबार सरसफाई गरिएको छ । १८ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बजार क्षेत्रको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा मंगला गाउँपालीका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सृजना केसी, वडा अध्यक्ष धनबहादुर खाती, वडा सदस्य राजु पाण्डे, कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

सरसफाई पछि गाउँपालीका अध्यक्ष रोकाको अध्यक्षतामा भएको भेलाले बाबियाचौरको माटेमगर स्थित सार्वजनीक शौचालयको दिगो, नियमित र व्यवस्थित सञ्चालनका लागि हेरालुको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसैगरी गाउँपालीकाको बजार क्षेत्रमा सरसफाई कायम गर्न टोल सुधार समिति गठन गरि अभियान चलाउने निर्णय भएको छ । कार्यक्रमको परियोजनाकी फिल्ड संयोजक शुशिला केसीले सहजिकरण गर्नुभएको थियो ।